
Ggp
pku
Sgr
cjs
Pes
Rgp1
Pbu
Rgp
Srbpu
Gfs
Lnp
Unsku
Djs
sbs

Rgu
Sls
Ksm
nsb
Ggd
Bbbpu
Rgu
Bbu
Gst
Hal
Rsb
Rgs
Pvg
Tsm
Wsp
Sbs
Ssm
Vor
Asm

Mks
Syp
bbt
Pls
Rmb
sab
Rpp
Jmb
Jmb
Abd
Gsb
Ptm
Bml
काठमाडौं । नेपाल टेलिकमले इम्बेडेड सिम अर्थात (इ–सिम) आजदेखि नि:शुल्क वितरण सुरू गरेको छ । ई सिममा ग्राहकहरूको रुचि र माग बढेपछि टेलिकमले आजदेखि नक्साल,चाबहिल,ठिमी, भक्तपुर,पाटन,गोङ्गबु र छाउनी कार्यालयबाट समेत इ–सिम वितरण गर्ने जनाएको छ । यसअघि टेलिकमले सुन्धारामा रहेको ग्राहक सेवा केन्द्रबाट मात्रै सिमकार्ड बिक्री गरिरहेको थियो ।
त्यस्तै टेलिकमले आफूसँग यथेष्ट सङ्ख्यामा इ–सिमको मौज्दात रहेको पनि जनाएको छ । इ सिममा अहिले हामीले प्रयोग गरिरहेको जस्तो भौतीक सिमकार्ड हुदैन । मोबाइल सेटमा इ–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र इ–सिम प्रयोग गर्न सकिन्छ । आफ्नो मोबाइल सेटमा इ–सिम चल्ने वा नचल्ने एकिन गरेर मात्र इ–सिमका लागि आवेदन दिन टेलिकमले आग्रह गरेको छ । ई सिम चल्ने या नचल्ने भनेर पत्ता लगाउन आफ्नो मोबाइलबाट ८३०६३ डायल गर्नुपर्ने टेलिकमले जनाएको छ ।
यसरी डायल गर्दा इआइडी लेखिएको सङ्केत सहित नम्बरहरू देखियो भने उक्त सेटमा इ–सिम चल्ने टेलिकमले जनाएको छ । भौतिक सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिम हालका लागि टेलिकमले निःशुल्क इ–सिममा परिवर्तन गर्ने सुविधा दिइरहेको छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै इ–सिम उपलब्ध गराइ रहेको र नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ।
