
cjs
Unsku
Ggp
sbs
Srbpu
Pbu
pku
Djs
Pes
Gfs
Rgp1
Lnp
Rgp
Sgr

Bbbpu
Sbs
Gst
Sls
Wsp
Pvg
Hal
Ksm
Rsb
Ssm
Ggd
Asm
Bbu
Rgu
Rgu
Tsm
Vor
nsb
Rgs

Abd
Bml
Rmb
Rpp
Jmb
Gsb
Pls
Mks
Jmb
sab
bbt
Syp
Ptm
दाङ । ईलाका प्रहरी कार्यालय गढवाको कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी निरीक्षक रन्जु केसि उजीर सिंह दीप पदक द्वितियबाट सम्मानित हुनुहुने भएको छ ।
लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा प्रदेश क्षेत्रमा रहेर मानव बेचबिखनमा परेका वालकको भारतबाट सकुशल उद्दार गरेको कार्यको मुल्यांकन गर्दै प्रदेश सरकारले उजीर सिंह दीप पदक द्वितीयबाट प्रहरी निरीक्षक केसिलाई सम्मानित गर्दै पुरुस्कृत गर्ने भएको छ । प्रदेश सरकारको पुरुस्कार छनौट समितीले लुम्बिनी प्रदेश भित्र रहेर सामाजिक क्षेत्रमा योगदान गरेका हरुलाइ पुरुस्कृत गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेश सरकारको प्रबक्ता तथा आर्थिक मामिला कानुन तथा सन्चार मन्त्री तिलक शर्माले प्रदेश भित्र योगदान गरेका योगदान दाताहरुलाई सम्मान गर्ने निर्णय गरेको जानकारी दिदै बालिकाको भारतबाट सकुशल उद्दार गरेको योगदान बापत प्रहरी निरीक्षक रन्जु केसिलाई पुरुस्कृत गर्ने निर्णय गरेको जानकारी दिनु भयो । १४ वर्षीय बालिका भारतको पानीपतबाट सकुशल उद्दार गरि अभिभावकलाइ बुझाउने उत्कृष्ट कार्यको मुल्यान्कन गर्दै लुम्बिनि प्रदेश सरकारले सम्मानित गर्ने निर्णय गरेको प्रहरी निरीक्षक केसिले बताउनु भयो ।
त्यसैगरि गत असार २० गते ईलाका प्रहरी कार्यालय गढवाको प्रमुखको रुपमा काम गर्दै आउनु भएको रन्जुले डेढ वर्षदेखि हराइरहेका राजपुर गाउँपालिका वडा नं ६ निवासि डम्म्बर बहादुर बिकका छोरा १३ वर्षीय निकेश बिकलाइ भारतको गोण्डाबाट सकुशल उद्दार गराउनु भएको थियो ।
प्रहरी निरीक्षक रन्जु केसि बिगत ३ वर्षदेखि प्र.नि.को जिम्मेवारी सम्हाल्दै आउनु भएको एक कुशल निरीक्षक हुनुहुन्छ । उहाँले गढवा-राजपुर क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि सामुदाय प्रहरी साझेदारि कार्यक्रम मार्फत विद्यार्थीमा सचेतना होस भन्ने उद्देश्यले विद्यालयमा गएर लागूऔषधबाट समाजमा पर्ने असरको विषयमा विभिन्न कार्यक्रम समेत सञ्चालन गरिरहनु भएको छ ।
कामको मुल्यांकन गर्दै संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले उजिर सिंह दीप पदक द्वितियबाट पुरुस्कृत गर्ने निर्णय गरेकोमा आफु निकै उत्साहित भएको बताउदै केसिले सामाजिक कार्यमा अझै जिम्मेवार र कर्तव्यनिस्ठ भएर काम गर्ने जागर बढेको बताउनु भयो ।
त्यस्तै सो बालक उद्दार कार्यमा शान्ति पुनर्स्थापना गृह दाङका संयोजक कैलाशो रानाको पनि विशेष भुमिका रहेको थियो ।
