
Pes
Rgp1
Djs
Lnp
Sgr
Srbpu
Pbu
Rgp
pku
Ggp
Unsku
cjs
Gfs
sbs

Sbs
Ssm
nsb
Wsp
Rsb
Sls
Rgs
Pvg
Ksm
Ggd
Tsm
Rgu
Asm
Bbu
Hal
Bbbpu
Vor
Rgu
Gst

Mks
Pls
Jmb
Bml
sab
Abd
bbt
Jmb
Ptm
Rpp
Rmb
Syp
Gsb
दाङ । लुम्बिनी प्रदेश सरकारले दाङका पत्रकार नारायण खड्कालाई प्रदेश रत्न पदक प्रथम प्रदान गर्ने घोषणा गरेको छ ।
आठौं संविधान दिवसका अवसरमा बुटवलमा सोमबार बिहान आयोजित एक समारोहका बीच पत्रकार खड्कालाई उक्त पदक दिने प्रदेश सरकारले घोषणा गरेको हो । खोज पत्रकारिता मार्फत जनतालाई सुशुचित गर्ने निरन्तरता प्रदान गरेको भन्दै पत्रकार खड्कालाई प्रदेश रत्न पदक प्रथम प्रदान गर्ने घोषणा गरिएको प्रदेश सरकारको निर्णयमा उल्लेख छ ।
दाङ तुलसीपुरबाट पत्रकारिता गर्दै आएका पत्रकार खड्का बिगत २० वर्षदेखि पत्रकारितामा निरन्तर क्रियासिल छन् । त्यस्तै देउखुरीको लमहीमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार शिवु खनाललाई तृतीय रत्न पदक प्रथम प्रदान गरिने भएको छ । यसैगरी तुलसीपुरका थप तीन जना ब्यक्तिलाई पनि प्रदेश सरकारले पदक प्रदान गर्ने भएको छ ।
तुलसीपुरका प्रतिष्ठिन ब्यबसायी, तथा सामाजिक अभियान्ताहरु बिमल रिजाल,टोपबहादुर घर्ती र तुलसी बाल हस्पिटलका संचालक बालरोग विषेशज्ञ डा.किशोर खत्रीलाई समाज सेवा पदक प्रदान गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । संविधान दिवशको अवसरमा घोषणा गरिएका पदक प्रदेश स्थापना दिवसका अबसरमा प्रदान गरिने भएको छ ।
