दाङ । लुम्बिनी प्रदेश सरकारले दाङका पत्रकार नारायण खड्कालाई प्रदेश रत्न पदक प्रथम प्रदान गर्ने घोषणा गरेको छ ।
आठौं संविधान दिवसका अवसरमा बुटवलमा सोमबार बिहान आयोजित एक समारोहका बीच पत्रकार खड्कालाई उक्त पदक दिने प्रदेश सरकारले घोषणा गरेको हो । खोज पत्रकारिता मार्फत जनतालाई सुशुचित गर्ने निरन्तरता प्रदान गरेको भन्दै पत्रकार खड्कालाई प्रदेश रत्न पदक प्रथम प्रदान गर्ने घोषणा गरिएको प्रदेश सरकारको निर्णयमा उल्लेख छ ।
दाङ तुलसीपुरबाट पत्रकारिता गर्दै आएका पत्रकार खड्का बिगत २० वर्षदेखि पत्रकारितामा निरन्तर क्रियासिल छन् । त्यस्तै देउखुरीको लमहीमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार शिवु खनाललाई तृतीय रत्न पदक प्रथम प्रदान गरिने भएको छ । यसैगरी तुलसीपुरका थप तीन जना ब्यक्तिलाई पनि प्रदेश सरकारले पदक प्रदान गर्ने भएको छ ।
तुलसीपुरका प्रतिष्ठिन ब्यबसायी, तथा सामाजिक अभियान्ताहरु बिमल रिजाल,टोपबहादुर घर्ती र तुलसी बाल हस्पिटलका संचालक बालरोग विषेशज्ञ डा.किशोर खत्रीलाई समाज सेवा पदक प्रदान गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । संविधान दिवशको अवसरमा घोषणा गरिएका पदक प्रदेश स्थापना दिवसका अबसरमा प्रदान गरिने भएको छ ।