
Sgr
Djs
Pes
cjs
Ggp
Pbu
Unsku
sbs
Gfs
pku
Lnp
Rgp
Srbpu
Rgp1

Ggd
Rgs
Wsp
Gst
Asm
Sls
Hal
Pvg
Rsb
Tsm
Sbs
Rgu
Bbu
nsb
Bbbpu
Ksm
Vor
Rgu
Ssm

Abd
Rmb
Jmb
Rpp
Gsb
bbt
Pls
sab
Jmb
Bml
Mks
Syp
Ptm
दाङ । देउखुरीको राजपुर गाउँपालिकाका विभिन्न बस्तीहरुमा जाने बाटोमा पहिरो खस्दा आवागमनमा सास्ती भएको छ ।
केही दिन यता लगातार परेको भारी वर्षातले विशेष गरि राजपुर गाउँपालिकाको खोला,नाकाको बस्तीहरुमा जाने बाटोमा बढी क्षति पुराउदा दैनिक आवागमनमा सास्ती भएको हो ।
राजपुर गाउँपालिकामा ८/१० वटा खोलामा बस्तीहरु छन् भने साना ठुला गरि २०/२२ वटा नाका क्षेत्रमा बस्तीहरु रहेका छन् । अहिले सबै खोलाका बस्तीहरुमा जाने बाटोको ट्रयाक खुलेको छ,भने नाकाका बस्तीहरुमा जानको लागि ३ ठाउँबाट ट्रयाक खुलीसकेको छ ।
त्यस्तै अहिले राजपुरका प्रत्येक खोलाका बस्तीहरुमा जानको लागि बाटोहरुमा पहिरो झर्नुका साथै रुखहरु ढलेर बाटो अबरुद्ध हुँदा आवागमनमा समयमा रहेको राजपुर गाउँपालिका वडा नम्बर ४ मुङ्ग्रेठा खोलाका समाजसेवी सुवास पुन मगरले जानकारी दिनु भयो ।
यस्तै खोलाका बस्तीहरुबाट विद्यार्थीहरुलाई देउखुरीका विद्यालयमा आउन-जान समस्या भएको छ । त्यस्तै खोलाका बस्तीहरुमा रहेको विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई पनि सास्ती खेप्नुपरेको शंकर प्राथमिक विद्यालय करङ्गा खोलाका प्रधानाध्यापक दिपेन्द्र कुमार शुक्लले बताउनु भयो ।
बाटो माथिबाट पहिरो झर्ने र तलबाट खस्ने गर्नुका साथै रुख ढाल्ने र ट्रयाकको वरिपरीबाट ढिस्को झर्दा सवारी साधनहरु आवतजावत गर्नमा कठिनाइ भएको छ । सम्बन्धित निकायले तत्काल यी समस्या समाधान नगरेको खण्डमा इमर्जेन्सी सुत्केरी बिरामी र सिकिस्त बिरामीलाई असर पुराउने छ भने स-साना बालबालिकाहरुलाई पढ्न आउन र जानको लागि धेरै सास्ती खेप्नु पर्ने छ ।
हिउँदाको समयमामा नाकाका बस्तीहरुमा पुग्नको लागि तीन वटा ट्रयाकहरु सुचारु भएर संचालनमा आउने भएता पनि बर्खामा वर्षात सुरु भएपछि,बाटो अबरुद्ध हुने गर्छ । त्यसपछि नाकाका बस्तीहरुमा जानको लागि कोइलाबास र बाँकेको अगैया भएर जानू पर्ने बाध्यता रहेकोे छ । नाकाका बस्तीहरुमा पुग्नको लागि दिगो रुपमा खुलेका ३ वटा ट्रयाक संचालन नहुँदा यो समस्या विगत ४ वर्षदेखि यता झेल्दै आउनु परेको छ ।
यस विषयमा राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकीसंग बुझ्दा उहाँले वर्षात रोकिदा साथ तत्काल गाउँपालिकाको डोजर संचालनगरी खोला, नाकाका बस्तीहरुमा जानको लागि अबरुद्ध भएका बाटोहरु सुचारु गरि संचालन गरिदिने जानकारी दिनु भयो । म भरखरै निर्वाचित भएर आको छु,राजपुर गाउँपालिका भौगोलिक बनोटले धेरै ठुलो र बढी खोला,नाकाको बस्तीले सजिएको कुरा सबैलाई अवगत छ । त्यसैले यस गाउँपालिकामा विकास गर्नको लागि थोरै समय लाग्ने भएकोले सम्पूर्ण राजपुर बासीलाई धैर्य धारण गर्न म आग्रह गर्न चाहान्छु अध्यक्ष बुढाथोकीले भन्नू भयो ।
राजपुर गाउँपालिकाको खोला,नाकाका बस्तीहरुलाई मैले नजिकबाट बुझेको छु,म प्रत्येक बस्तीमा पुगेको छु,त्यसैले राजपुरको समस्यालाई मध्यनजर गरि क्रमशः तिब्र गतिका साथ विकास गर्न म तत्पर रहेको छु,अध्यक्ष बुढाथोकीले सिधा-पत्र डटकमलाई बताउनु भयो ।
त्यस्तै अहिले राजपुर गाउँपालिकाको वडा नम्बर १ देखि ७ नम्बर वडाका बाटोघाटोहरु पिच गर्नको लागि गाउँपालिकाबाट ४ वटा योजनाको दरले ७ वटा वडाको लागि २८ वटा योजना मागगरि मन्त्रालयमा पठाइसकेको अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयो ।
साना,ठुला गरि २०/२२ वटा नाकाहरुमा जानको लागि प्रमुख सेन्टर राजपुर- ५ जङ्ग्रहवादेखि वडा नम्बर ६ खाङ्ग्रा नाका जोड्नको लागि दिगो रुपमा संघीय मन्त्रालयबाट बजेट परेर यहीँ असोज महिनादेखि डिपियारको कार्य सुरु हुन लागेकोले नाका बासीलाई चिन्ता नगर्न आग्रह गर्नु भयो । त्यस्तै उहाँले अन्य दुईवटा ट्रयाकको पिचको लागि गाउँपालिकाबाट मन्त्रालयमा योजना मागगरि पठाउने बताउनु भएको छ ।
