मेगमन बुढा आइतबार, आश्विन ०२, २०७९

दाङ । देउखुरीको राजपुर गाउँपालिकाका विभिन्न बस्तीहरुमा जाने बाटोमा पहिरो खस्दा आवागमनमा सास्ती भएको छ ।

केही दिन यता लगातार परेको भारी वर्षातले विशेष गरि राजपुर गाउँपालिकाको खोला,नाकाको बस्तीहरुमा जाने बाटोमा बढी क्षति पुराउदा दैनिक आवागमनमा सास्ती भएको हो ।

राजपुर गाउँपालिकामा ८/१० वटा खोलामा बस्तीहरु छन् भने साना ठुला गरि २०/२२ वटा नाका क्षेत्रमा बस्तीहरु रहेका छन् । अहिले सबै खोलाका बस्तीहरुमा जाने बाटोको ट्रयाक खुलेको छ,भने नाकाका बस्तीहरुमा जानको लागि ३ ठाउँबाट ट्रयाक खुलीसकेको छ ।

त्यस्तै अहिले राजपुरका प्रत्येक खोलाका बस्तीहरुमा जानको लागि बाटोहरुमा पहिरो झर्नुका साथै रुखहरु ढलेर बाटो अबरुद्ध हुँदा आवागमनमा समयमा रहेको राजपुर गाउँपालिका वडा नम्बर ४ मुङ्ग्रेठा खोलाका समाजसेवी सुवास पुन मगरले जानकारी दिनु भयो ।यस्तै खोलाका बस्तीहरुबाट विद्यार्थीहरुलाई देउखुरीका विद्यालयमा आउन-जान समस्या भएको छ । त्यस्तै खोलाका बस्तीहरुमा रहेको विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई पनि सास्ती खेप्नुपरेको शंकर प्राथमिक विद्यालय करङ्गा खोलाका प्रधानाध्यापक दिपेन्द्र कुमार शुक्लले बताउनु भयो ।

बाटो माथिबाट पहिरो झर्ने र तलबाट खस्ने गर्नुका साथै रुख ढाल्ने र ट्रयाकको वरिपरीबाट ढिस्को झर्दा सवारी साधनहरु आवतजावत गर्नमा कठिनाइ भएको छ । सम्बन्धित निकायले तत्काल यी समस्या समाधान नगरेको खण्डमा इमर्जेन्सी सुत्केरी बिरामी र सिकिस्त बिरामीलाई असर पुराउने छ भने स-साना बालबालिकाहरुलाई पढ्न आउन र जानको लागि धेरै सास्ती खेप्नु पर्ने छ ।हिउँदाको समयमामा नाकाका बस्तीहरुमा पुग्नको लागि तीन वटा ट्रयाकहरु सुचारु भएर संचालनमा आउने भएता पनि बर्खामा वर्षात सुरु भएपछि,बाटो अबरुद्ध हुने गर्छ । त्यसपछि नाकाका बस्तीहरुमा जानको लागि कोइलाबास र बाँकेको अगैया भएर जानू पर्ने बाध्यता रहेकोे छ । नाकाका बस्तीहरुमा पुग्नको लागि दिगो रुपमा खुलेका ३ वटा ट्रयाक संचालन नहुँदा यो समस्या विगत ४ वर्षदेखि यता झेल्दै आउनु परेको छ ।

यस विषयमा राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकीसंग बुझ्दा उहाँले वर्षात रोकिदा साथ तत्काल गाउँपालिकाको डोजर संचालनगरी खोला, नाकाका बस्तीहरुमा जानको लागि अबरुद्ध भएका बाटोहरु सुचारु गरि संचालन गरिदिने जानकारी दिनु भयो । म भरखरै निर्वाचित भएर आको छु,राजपुर गाउँपालिका भौगोलिक बनोटले धेरै ठुलो र बढी खोला,नाकाको बस्तीले सजिएको कुरा सबैलाई अवगत छ । त्यसैले यस गाउँपालिकामा विकास गर्नको लागि थोरै समय लाग्ने भएकोले सम्पूर्ण राजपुर बासीलाई धैर्य धारण गर्न म आग्रह गर्न चाहान्छु अध्यक्ष बुढाथोकीले भन्नू भयो ।

राजपुर गाउँपालिकाको खोला,नाकाका बस्तीहरुलाई मैले नजिकबाट बुझेको छु,म प्रत्येक बस्तीमा पुगेको छु,त्यसैले राजपुरको समस्यालाई मध्यनजर गरि क्रमशः तिब्र गतिका साथ विकास गर्न म तत्पर रहेको छु,अध्यक्ष बुढाथोकीले सिधा-पत्र डटकमलाई बताउनु भयो ।

त्यस्तै अहिले राजपुर गाउँपालिकाको वडा नम्बर १ देखि ७ नम्बर वडाका बाटोघाटोहरु पिच गर्नको लागि गाउँपालिकाबाट ४ वटा योजनाको दरले ७ वटा वडाको लागि २८ वटा योजना मागगरि मन्त्रालयमा पठाइसकेको अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयो । साना,ठुला गरि २०/२२ वटा नाकाहरुमा जानको लागि प्रमुख सेन्टर राजपुर- ५ जङ्ग्रहवादेखि वडा नम्बर ६ खाङ्ग्रा नाका जोड्नको लागि दिगो रुपमा संघीय मन्त्रालयबाट बजेट परेर यहीँ असोज महिनादेखि डिपियारको कार्य सुरु हुन लागेकोले नाका बासीलाई चिन्ता नगर्न आग्रह गर्नु भयो । त्यस्तै उहाँले अन्य दुईवटा ट्रयाकको पिचको लागि गाउँपालिकाबाट मन्त्रालयमा योजना मागगरि पठाउने बताउनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]