सिधा-पत्र/क्राईमबिट शुक्रबार, भाद्र ०३, २०७९

पर्सा । बिरगंजको मुख्य भन्सार नाकाबाटै तस्कर समूहले निर्वाध रुपमा करोडौँ मूल्यका सामान भित्र्याइरहेका छन् ।

प्रहरीसँगको मिलेमतोमा तस्करसमूहले तस्करीका सामान भित्र्याउन मुख्य नाकालाई नै प्रयोग गरिरहेको भेटिएको हो ।

त्यस्तै अहिले दैनिक रुपमा रिक्सा, अटो, टेम्पु, मोटरसाइकल तथा साइकलबाट मुख्य नाका हुँदै तस्करीका सामान निर्वाध वीरगञ्ज भित्रिरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षणमा यसरी तस्करी गर्नेहरुमा भोला,फैयाज र सुरेन्द्रको समूह रहेको स्रोतको दावी छ ।

उनीहरुले त्यहाँ खटिने नेपाल प्रहरीको युनिटदेखि अपराध अनुसन्धानको टोली,क्विक रेस्पोन्स टिम, इनरुवा प्रहरी चौकी, ससस्त्र प्रहरी पोष्टदेखि जिल्लाका सुरक्षा प्रमुखसम्मलाई नजराना बुझाएर निर्वाध तस्करी धन्दा चलाइरहेको स्रोत बताउँछ ।

यसरी भित्र्याइएको सर्टिङसुटिङ,लत्ताकपडा, मेसिनरी पार्टपुर्जा,दैनिक उपभोग्य वस्तु ट्रान्सपोर्ट तथा अन्य विभिन्न माध्यमबाट देशका विभिन्न स्थानमा पुर्‍याउने गरिएको छ । सानासाना झोला जाँच गर्ने सुरक्षाकर्मीले तस्करीका सामान आउँदा भने देखेपनि नदेखेझै गरेर आँखा चिम्लिदिँदा तस्करीका सामान निर्वाध भित्रिने गरेको हो ।

मुख्य नाका हुँदै वीरगञ्ज बजारसम्म आइपुग्न सुरक्षाकर्मीको ४ ओटा घेरा पार गर्नु पर्छ । तर यो घेरामा खटिने सुरक्षाकर्मीले तस्करहरुको सामान समात्नुको सट्टा उल्टै स्कटिङ गरेर सम्बन्धित स्थानसम्म पुर्‍याउने गरेको भेटिएको छ ।

यस बारेमा सुरक्षाकर्मीको जिल्ला नेतृत्वलाई जानकारी नभएको होइन । जानकारी भएर पनि तस्करहरुबाटै नजराना लिएकाले नियन्त्रणमा लिनुको सट्टा सम्बन्धित ठाउँसम्म पुर्‍याउन सुरक्षा दिन उल्टै निर्देशन दिने गरिएको छ ।

प्रहरीले कहिलेकहीँ ट्रकसहित सामान नियन्त्रणमा लिएको भनेर प्रचार गर्ने गरेको छ । तर त्यसमा पनि प्रहरीसँगको वार्गेनिङ नमिल्दा सामान नियन्त्रणमा लिने गरेको स्वंय व्यापारीहरु नै बताउँछन् ।
दिशा निर्देशनबाट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]