
snmbs
Snmbs
Sdc
Mbf
Snmbs
Ges
Gesld
dpm
Dpm
Pbu
Dbc


दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा रहेको जनज्योती माध्यमिक विद्यालयको प्रशासन शाखा र लेखा शाखामा अनेरास्ववियु विद्यार्थी संगठन नेतृत्वको टोलिले सोमबार तालाबन्दी गरेको छ ।
तालबन्दी गर्नुको कारण र माग सहितको जानाकारी पत्रमा उल्लेख भएअनुसार यहि श्रावण -१९ गते राती जनज्योति मावि बेला कक्षा १२ मा अध्यनरत छात्र राजपुर -३ खरदरिया निवासी १९ वर्षीय मन्साराम यादवलाई आफ्नै विद्यालयका शिक्षक पाटेश्वर यादवले आफ्नो छोरीसंगको प्रेम प्रसङ्गलाई लिएर योजनाबद्ध रुपमा गुण्डाहरुको प्रयोगगरि निर्घात कुटपिट गरि गम्भीर घाइते बनाइएको दश दिन बितिसक्दापनि विद्यालय प्रशासनबाट कुनै किसिमको कार्वाही नगरिएको र उक्त घटनालाई व्यवास्था गरिएकोले निजलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गर्दै विद्यालय प्रशासन शाखामा तालाबन्दी गर्न बाध्य भएको उल्लेख रहेको छ ।
त्यस्तै सो विषयमा जनज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवराम यादवसंग प्रतिक्रिया लिउदा प्रअ यादवले शिक्षक पाटेश्वर यादव र विद्यार्थी मन्सराम यादव सो विद्यालयमा अध्यापन गराउने र अध्यन गर्ने गरेको भएपनि उनिहरु विद्यालयदेखि बाहिर सो घटना घटाएको हुँदा तत्काल विद्यालयबाट केही गर्न नसकिने बताउनु भएको छ ।
विद्यार्थी संगठनको माग अनुसार विद्यालय प्रशासनसंग शिक्षक यादवलाई तत्काल बर्खास्त गर्न माग रहेको छ । तर शिक्षा नियमावली अनुसार नैतिक पतन देखिने फौजदारी अभियोगमा गिरफ्तार भई थुनिएको शिक्षक त्यसरी थुनिएको अवधिभर स्वत: निलम्बित हुने प्रावधान रहेकोे छ ।
उता ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रन्जु केसीले शिक्षक पाटेश्वर यादवलाई ज्यान मार्ने अभियोगमा मुद्दा चलाइसकेको जानकारी दिनु भयो ।
त्यस्तै यता राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले विद्यालय जस्तो संवेदनशिल क्षेत्रमा राजनीति घुसाएर आन्दोलन गर्ने थलो बनाउनु चाहिँ जायज नरहेको बताउनु भएको छ । शिक्षक यादव अहिले थुनामा रहेको हुँदा उनको जागिर गाउँपालिका वा समितिले समेत खान नसक्ने बताउनु भयो । शिक्षक यादव दोषी ठहरिएमा संवत्:उनको जागिर जान्छ,अध्यक्ष बुढाथोकी भन्नू भयो ।
अहिले आफू गाउँपालिकाको काम विशेषले काठमाडौं रहेको हुँदा केही निर्णय दिन नसकिने तर फर्कीसकेपछि उक्त विद्यालयमा लागेको ताला खोल्न प्रयास गर्ने बताउनु भएको छ ।

