
Rgp
Lnp
cjs
pku
Ggp
Gfs
Srbpu
Unsku
Sgr
Pes
Djs
Ses
Pbu
Rgp1

Bbu
Pvg
Bbbpu
Sbs
Asm
Tsm
Sls
Rsb
Rgs
Ksm
Vor
Ggd
Rgu
Rgu
Ssm
Gst
Hal
Wsp
nsb

bbt
Gsb
Abd
Rmb
Pls
Ptm
Mks
sab
Bml
Syp
Jmb
Rpp
Jmb
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका भित्र रहेको जैद बिन सावित,आयशा गर्ल्स कालेज झण्डानगर,जामिया सिराजुल उलुम अल्सलफिया झण्डानगर मदरसाको अनुगमन तथा अवलोकन नेपाल सरकारका शहरी विकास मंत्री मेट मणी चौधरीको टोलीले अनुगमन गरेको छ मंत्री संगै शहरी विकास मंत्रालयका सह सचिव पदम मैनाली,शहरी विकास मंत्रालयका महानिदेशक सुरेन्द्र मान श्रेष्ठ लगायत अन्यको सहभागिता रहेको थियो ।अवलोकनका क्रममा रहेका मंत्री चौधरी लाई जामिया सिराजुल उलुम अल्सल्फिया विद्यालय परिवारले भव्य स्वागत तथा सम्मान कार्यक्रम समेत राखेको थियो ।
स्वागत तथा सम्मान कार्यक्रमको अध्यक्षता जामिया सिराजुल उलुम अल्सल्फियाका अध्यक्ष समिम अहमद नदवी,प्रमुख अतिथिमा शहरी विकास मंत्री मेट मणी चौधरी,विशिष्ट अतिथिमा शहरी विकास मंत्रालयका महा निर्देशक सुरेन्द्र मान श्रेष्ठ,शहरी विकास मंत्रालयका सह सचिव पदम मैनाली अतिथिमा लंक बहादुर हमाल,अब्दुल रौफ,साथै जामिया सिराजुल उलुम अल्सल्फिया मदरसाका प्रवक्ता मौलाना मशहुद खां नेपाली लगायत अन्य रहेका थिए । स्वागत तथा सम्मान कार्यक्रममा कुरान शरीफको पाठ गरि कार्यक्रमको सुरुवात गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शहरी विकास मंत्री मेट मणी चौधरीले यहाँका मदरसामा विद्यार्थी हरूको चाप बढि रहेको प्रष्ट देखिन्छ, मुस्लिम समुदायको नेपाल देश निर्माणमा ठूलो योगदान रहेको स्मरण गराउदै मुस्लिम समुदारले आफ्नो मतको सदुपयोग गरि मुस्लिम प्रतिनिधित्व चयन गरेर आफ्नो हक संरक्षण गर्नुपर्ने कुरामा जोड दिदै जामिया सिराजुल उलुम अल्सल्फियाको पर्खाल का लागि तत्काल पहल गर्ने बताउदै हास्टल,डाईनिंग हाल,कम्प्यूटर हाल तथा भौतिक संरचनाको मर्मत सम्भार मध्ये एकमा १५ दिन भित्रै नतिजा आउने उपस्थित माझ वचनबद्धता गर्नुभयो ।
कार्यक्रममा बोल्दै जामिया सिराजुल उलुम अल्सल्फिया झण्डानगरका प्रवक्ता मौलाना मशहुद खां नेपालीले मदरसा सदियौं देखि चलिरहेको तर जुन तरिकाले राज्यबाट सेवा सुविधा पाउनुपर्ने हो त्यो पाउन नसक्नु आफैमा गम्भीर प्रश्न खडा रहेको प्रष्ट पार्दै कर्मचारी तथा शिक्षक हरूको तलब बढ्नु सराहनीय रहेको तर मदरसा शिक्षालाई समेत मूल प्रवाहीकरणमा लाएर मदरसामा पढाउने शिक्षकको समेत उचित व्यवस्थापन गर्नुपर्ने माग गरे,मदरसा हरूको अवस्थाको बारेमा मंत्री चौधरी लाई अवगत गराउदै मदरसा को सम्पूर्ण व्यवस्थापनमा राज्यले ध्यान नदिएकाले मुस्लिम समुदायमा निराशा रहेको मंत्री चौधरी लाई अवगत गराए ।
कार्यक्रममा जामिया सिराजुल उलुम अल्सल्फियाका अध्यक्ष समिम अहमद नदवीले मंत्री चौधरी हाम्रो विद्यालयको अनुगमन गरेकोमा विशेष आभार प्रकट गर्दै अतिथि हरूलाई दोसल्ला ओढाई तथा नेपाली अनुबाद को कुरान शरीफ कोसेली स्वारुप दिएका थिए । कार्यक्रममा विद्यार्थी,शिक्षक, सुरक्षाकर्मी,पत्रकार,नेता,सामाजिक व्यक्ति,शिक्षा प्रेमी लगायतको उपस्थित रहेको थियो ।
