Sidha Patra सोमबार, साउन ३०, २०७९

दाङ । शहरी विकास मन्त्री मेटमणि चौधरीले दाङको विकासका लागि राप्ती कोरिडोर नयाँ आयामका रुपमा रहने बताउनुभएको छ । जिल्लास्थित पत्रकारहरुसँगको भेटघाटका क्रममा उहाँले दाङ प्रसस्त सम्भावना भएको जिल्ला हुँदाहुँदै पनि विभिन्न कारणले पछि परेको हुँदा राप्ती कोरिडोरका माध्यमबाट विकासको यात्रामा अरु पक्षलाई पनि जोड्ने आफ्नो योजना रहेको बताउनुभएको छ ।

राप्ती कोरिडोर अन्तर्गत दाङको भालुवाङ क्षेत्रदेखि बाँकेको सीमा क्षेत्रसम्म राप्ती नदीको दुवै किनारलाई नदी उकास गरी वृहत योजनाका साथ आर्थिक तथा सहरी विकासको नगर बनाउने लक्ष्य रहेको बताउनुभयो । ‘भालुवाङबाट शुरु भएर करीव ८७ किलोमिटर लम्बाइमा रहेको राप्ती नदीको दुवै तर्फ कालो पत्रे गरिनेछ । जसले नदी उकास गरी नयाँ शहर बसाल्न सकिने छ भने सुन्दर पार्क निर्माण गरेर दाङमा नयाँपन ल्याउन सकिनेछ,’ उहाँले भन्नुभयो । राप्ती नदी सभ्यतामा आधारित राप्ती कोरिडोर आयोजनामा नदी उकास भएपछि हजारौँ विगाहा जमिन प्रयोगमा आउने छ ।

विकासको मोडल अहिले पनि पुरानै शैलीमा हुने गरेको बताउँदै आफु शहरी विकास मन्त्री भएपछि पूर्वाधार विकासदेखि समग्र विकासको मोडेलमा नयाँपन दिने गरी अघि बताउनुभयो । राप्ती कोरिडोरको अवधारणा पूरा गर्न आज शिलान्यासको कार्यक्रम पनि तय भएको छ । गृह जिल्ला दाङ आएका बेला अहिले उहाँ पूर्वाधार निर्माणका लागि शिलान्यासदेखि निर्मित संरचनाको उदघाटन गर्न व्यस्त हुनुभएको छ । यही बेला उहाँले राप्ती कोरिडोरको पनि शिलान्यास गर्न लाग्नुभएको हो ।

बहुवर्षीय आयोजना अन्तर्गत निर्माण गर्ने लक्ष्य राखिएको उक्त कामका लागि आवश्यक बजेट चालु आर्थिक वर्ष विनियोजन भईसकेको पनि उहाँको भनाई छ । यस्तै,उहाँले देउखुरीको मौरीघाटस्थित श्रीनारायण चोकदेखि बंगलाचुली हुँदै स्वर्गद्वारीसम्म केबुलकार संचालनको सम्भाव्यता अध्ययन भईसकेकाले प्राविधिक काम अघि बढी सकेको बताउनुभयो ।

त्यस्तै मौरीघाटदेखि स्वर्गद्वारीसम्म करीव ५५ किलोमीटरको दुरीमा केबुलकार संचालन गर्न नीजि क्षेत्रले चासो दिएको उहाँले बताउनुभयो । यस्तै, सो खण्डमा रणनीतिक सडक बनाउने काम पनि हुन लागेको बताउनुभयो । घोराही–लमही सडक खण्डको मसोटदेखि बबई नदी किनारसम्म सुरुङमार्ग बनाउन डिपिआर भईसकेको उहाँले बताउनुभयो । हालको सडकको अवस्थाका कारण सवारी चालक र यात्रुलाई परेको सास्तीलाई मध्यनजर गर्दै भूगोलको असहजताका कारण सुरुङमार्ग बनाउन बिस्तृत परियोजना प्रतिवेदन तयार भएकाले अब काम पनि अघि बढ्ने बताउनुभयो ।

मन्त्री चौधरीले दाङमा भरपर्दो विमानस्थल नहुँदा यहाँका नागरिकले पाएको सास्तीका कारण आफु स्वयम् लज्जित भएको हुँदा यसबारेमा गम्भीरतापूर्वक सरोकार निकायसँग छलफल अघि बढाएको बताउनुभयो । टरीगाउँ विमानस्थलको स्तर वृद्धिका लागि करीव २२ करोड बजेट चाहिने हुँदा बजेट सुनिश्चित भएपनि प्राविधिक रुपमा काम गर्न सरोकार निकायसँग प्रकृया अघि बढाएको बताउनुभयो ।

यसअघि दाङको विमान स्थलले धावनमार्गको लम्बाई बढाएर ठूला जहाज बसाल्न सकिने बताउँदै आएपनि नेपालगंजको विमान स्थलले आफ्नो स्वार्थका कारण यहाँ ठूला जहाजका लागि उपयुक्त नभएको प्रतिवेदनमा उल्लेख गरेको खुलासा गर्नुभयो । तर, दुवै प्रतिवेदनको गहन अध्ययनपछि वास्तविकाको आधारमा दाङमा ठूला जहाज बसाल्ने गरी टरीगाउँ विमान स्थलको वृद्धि गर्ने र नियमित उडानको वातावरण बनाउने वचन दिनुभयो ।

यस्तै,उहाँले जिल्लामा निर्माणाधीन अवस्थामा रहेका सडक,पुल पुलेसा,पूर्वाधारको बारेमा चासो लिएको जानकारी गराउनुभयो । फोरलेन सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीलाई भेट गरी चाँडो काम सम्पन्न गर्न ताकेता गरेको पनि बताउनुभयो । यस्तै, उहाँले आफुले सम्हालेको मन्त्रालयको काम र जिम्मेवारीको दायरा निकै फराकिलो रहेकाले नजिता देखिने गरी काममा सहयोग गर्न पनि अपिल गर्नुभएको थियो । आवश्यक सल्लाह र सुझावका आधारमा आफु अघि बढ्ने बताउँदै जिल्लाको विकासका सवालमा खबरदारी गर्न पनि आग्रह गर्नुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]