लालमणी भुसाल/राप्ती गापा शनिबार, साउन २१, २०७९

दाङ । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको कालिका सामुदायिक वन उपभोक्ता समूहको १३ औं सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार लालमटियामा सम्पन्न भएको छ ।

समूहका अध्यक्ष बेदुलाल सुबेदीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर २ का वडा सदस्य टेकबहादुर रावतको प्रमुख आतिथ्यतामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावतले सवै मिलाएर बन जोगाउन आबस्यक रहेको बताउँदै वनले बनाएको नियमलाई सवैले पालना गर्न आग्रह गरेका छन् । हालै गठन भएको उपभोक्ता समूहका पदाधिकारीहरुले सामुदायिक वन समुहमा भए गरेका कार्यहरुबारे आम उपभोक्ताहरुलाई जानकारी दिने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको समूहका अध्यक्ष बेदुलाल सुबेदीले बताएका छन् ।

कार्यक्रममा बिभिन्न उपभोक्ता तथा बुद्धिजीवीहरूले बिभिन्न सुझाव समेत दिएका थिए । कार्यक्रमा आर्थिक प्रतिवेदन समुहका कोषाध्यक्ष लोकमाया तामाङ र पसु बृद्धाआश्रम तथा गिद्व संरक्षणको प्रतिवेदन संयोजक यमबहादुर रोका मगरले प्रस्तुत गरेका थिए ।

कार्यक्रमा राप्ती सब डिभिजन वन कार्यालयका फरेसटर बहादुर केसी, वन महासंघका केन्द्रीय सदस्य डिलाराम पौडेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र वन उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

समूहकी सदस्य अन्जना कुमालको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन समुहकी सचिव शिला पौडेलले गरेकी थिइन् । भने कार्यक्रमको सहजीकरण नर्ती सहकारी संस्थाका ब्यबस्थापक जिबलाल खनाल गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]