शिबराज पन्थी/गढवा शनिबार, साउन १४, २०७९

दाङ । आन्तरिक राजश्व कार्यालय तुलसिपुर संगको समन्वय र सहकार्यमा गढवा उद्योग बाणिज्य संघद्धारा संघको कार्यक्षेत्र राजपुर गाउँपालिका र गढवा गाउँपालिकाका बिभिन्न स्थानहरुमा कर शिविर संचालन भएकोे छ ।

ब्यवसायीहरुलाई घरदैलोमै आयककर तथा अन्तःशुल्क बुझाउने र ब्यवसाय नविकरण गर्ने सुविधा दिनकालागि गढवा उद्योग बाणिज्य संघले गत साउन ११ गतेदेखि दक्षिण देउखुरीका पाँच स्थानहरुमा तिनदिन सम्म कर शिविर संचालन गरेकोे संघका अध्यक्ष खिमबहादुर बुढामगरले जानकारी दिनुभएको छ । जस अनुसार साउन ११ गते राजपुरको जंग्रहवाचोंकमा तथा सोहि दिन बेला बजार चोकमा शिविर सञ्चालन भएकोे छ । जसमा ३१ जनाले आयकर र १२ जनाले अन्तःशुल्क बुझाएको पाईएको छ । गढवा उद्योग बाणिज्य संघमा आवद्ध ब्यवसायीहरु मध्ये जम्मा २४ जनाले नविकरण गरेको र ६ जनाले ब्यवसाय दर्ता गरेको संघले जनाएको छ । देउखुरीको राजपुरमा अधिकांश ब्यवसायीहरुले ब्यवसाय दर्ता नगरेरै पसल संचालन गरेको पाईएको छ ।

त्यसैगरि साउन १२ गते कालाकाटे चोकमा शिविर संचालन भएको छ भने सोहि दिन गढवा २ को पुतलीबजारमा शिविर सञ्चालन भएको छ । यहाँ ६१ जनाले आयकर तथा ३१ जनाले अन्तःशुल्क बुझाएको उद्योग बाणिज्य संघ गढवाले जनाएको छ । यसैगरी ६७ जनाले ब्यवसाय नविकरण गरेको र ३ जनाले नयाँदर्ता गरेको संघले जनाएको छ । साउन १३ गढवा बजार स्थित संघको सभाहलमा बिहान ८ बजेदेखि बेलुका ५ बजे सम्म कर शिविर सञ्चालन भएको संघका अध्यक्ष खिमबहादुर बुढाले जानकारी दिनुभयो ।

गढवामा दिनभर संचालन भएको शिविरमा १ सय १८ जनाले आयकर र २८ जना ब्यवसायीहरुले अन्तःशुल्क बुझाएको पाईएको छ भने ८ जनाले ब्यवसाय दर्ता गरेको र १ सय १७ जनाले ब्यवसाय नविकरण गरेको गढवा उद्योग बाणिज्य संघले जनाएको छ । गढवा उद्योग बाणिज्य संघले ब्यवसायिहरुको हक हितका लागि गतबर्ष देखि ब्यवसायिक सुरक्षाकोष समेत स्थापना गरेको संघले जनाएको छ ।

स्थापित सुरक्षाकोषबाट ब्यवसायिहरुलाई भैपरि आउने प्रकोप तथा जटिलताका अवस्थामा सहयोग गरिने कार्यबिधि बनाएर सेवा प्रवाह गर्ने संघले जनाएको छ । तिनदिन सम्म गढवा र राजपुरमा सञ्चालन भएको कर शिविरबाट नेपाल सरकारको ३ लाख १० हजार ५ सय अन्तःशुल्क र १ लाख २९ हजार ३ सय ७५ आयकर संकलन भएको गढवा उद्योग बाणिज्य संघले जनाएको छ । त्यसैगरि नयाँ दर्ता तथा नविकरणबाट २ लाख १० हजार ७ सय १० रुपियाँ संकलन भएको बताईएको छ ।

यसबर्ष नेपाल सरकारले आयकरको हकमा ७५ प्रतिशत छुट गरेको छ भने अन्तःशुल्कको हकमा भने छुट नहुने गरेको सरकारको नियम रहेको बताइएको छ । यसैबिच गढवा उद्योग बाणिज्य संघले केहि ब्यवसायिहरु कर बुझाउन छुट भएको भन्दै यहि साउन २० गते सम्मकालागि संघको कार्यालयबाट कर बुझाउने र बुझ्ने सेवा प्रबाह गर्न समय थप गरेको छ । छुटपुट भएका सबै ब्यवसायिहरुलाई निर्धारित समय भित्र आयकर र अन्तःशुल्क बुझाउन समेत संघले सबैमा आग्रह गरेको छ ।

आन्तरिक राजश्व कार्यालयको संगको परामर्श र आदेश बमोजिम जिल्लाभरका उद्योग बाणिज्य संघ मार्फत कर संकलन गर्ने र राजश्व कार्यालयको खाताको बैंक भौचर मार्फत कर कार्यालयमा राजश्व दाखिला गर्ने तथा अन्तःशुल्कको हकमा कर तथा सक्कल प्रमाणपत्र समेत संकलन गरि एकमुष्ठ दाखिला गर्ने र प्रमाण–पत्र नविकरण समेत गरेर ल्याउने संघको जिम्मेवारी रहने ब्यवस्था रहेको अध्यक्ष बुढाले जानकारी दिनुभयो । आ–आफ्नो ब्यवसायको आयकर तथा अन्तःशुल्क समयमै बुझाउन र दर्ता नभएका ब्यवसायीहरु सरकारको दायरामा आई दर्ता गरेर मात्र ब्यवसाय सञ्चालन गर्न कर कार्यालयले सबैमा आग्रह गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]