टेकबहादुर पुन बिहिबार, साउन १२, २०७९

दाङ । लमही नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा कुल बजेटको जम्मा ६७.४६ प्रतिसत रकम खर्च गर्न सफल भएको छ । आर्थिक बर्ष २०७८/०७९ मा चालू र पुंजिगत गरि कुल बजेट १ अर्ब १५ करोड ५२ लाख १७ हजार मध्यबाट ७७ करोड ९३ लाख २७ हजार ७ सय २४ रूपैया ४ पैशा खर्च गर्न सफल भएको हो । पालिकाले ७८/७९ को चालू र पुँजिगत गरि कुल बजेट मध्यबाट ३८ करोड, ५८ लाख, ८९ हजार, २ सय ७५ रूपैया ९६ पैशा भने खर्च गर्न सकेन । खर्च गर्न नसक्दा कुल बजेटको ३२.५४ प्रतिसत रकम फ्रिज भएको छ ।

लमही नगरपालिकाले बिहिबार आयोजना गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा बार्षिक प्रगती बिवरण प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले १० करोड ८८ लाख, ७९ हजार ९ सय ९१ रूपैया ६२ पैशा राजस्व सँकलन भएको जानकारी दिए । नगरपालिकाले लक्ष्यको जम्मा ३३.१६ प्रतिसत मात्र राजस्व संकलन गरेको छ । पालिकाले ३२ करोड ८३ लाख, ५० हजार राजस्व सँकलन गर्ने लक्ष्य लिएपनि २१ करोड, ९४ लाख, ७० हजार, ८ रूपैया ३८ पैशा रकम सँकलन गर्न सकेन । लक्ष्यको ६६.८४ रकम राजस्व सँकलन गर्नबाट नगरपालिका चुकेको छ ।

लमही नगरपालिकाले भुमिहिन तथा अब्यबस्थित बसोबासी हरुलाई जग्गा बितरण गर्न नसक्दा लक्ष्य अनुसारको सतप्रतिसत राजस्व सँकलनमा चुकेको हो । नगरपालिकाले सबैभन्दा बढी ‘लगत संकलन भुमिहिन तथा अब्यबस्थित बसोबास जग्गा बितरण’ बाट मात्र १३ करोड, ४० लाख रूपैया राजस्व सँकलन गर्ने लक्ष्य लिएको थियो । तर जग्गा बितरण गर्न नसक्दा नगरपालिका लक्ष्यमा पुग्न भने सकेन ।

कार्यक्रममा अधिकाँस बक्ताले योजना सुरवाती क्षणदेखि भुक्तानी सम्ममा कठिनाई रहेको भन्दै आक्रोश पोखेका थिए । टोलबिकास सँस्था मार्फत हुने योजनाहरुको भुक्तानीमा समस्या देखिएको हो । नगरपालिकामा अहिले पनि सम्पन्न भईसकेका र भुक्तानी हुन बाँकी रहेका करिब ६० वटा योजना हरुको फाईल थन्किएका छन् । ती मध्य अधिकाँस फाईलहरु टोल बिकास सँस्था मार्फत सम्पन्न भएका योजनाहरु हुन् ।प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले लेखा परिक्षकको सरबरले काम नगर्दा समयमै चेक काट्न नसकिएको र नया खाता अपडेट भईसकेपछि बाँकी योजनाहरुको भुक्तानी गरिने जानकारी दिए । उनले सम्भब त यही साउन महिना भित्रमा भुक्तानी गर्न आफुहरु लागिपरेको बताए ।कार्यक्रममा नगरबासीले कृषि,भुमी,योजना,न्यायिक समिति,पशु शाखा,योजना भुक्तानी,मुस्कान सहितको सेवा,अनुगमन,नागरिक्ता सिफारिस, लगायतका याबत विषयमा प्रश्न उठाएका थीए । त्यस्तै नगरबासीले राखेका जिज्ञासा मेटाउदै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी,उपप्रमुख लक्ष्मी योगी र प्रमुख प्रशासकीय अधिकृतले समग्रमा लमही नगरपालिका समृद्धि उन्मुख रहेको बताए । नगरबासीको सुझाबलाई आत्मसात गर्दै आगामी वर्षमा अझै सक्रिय रुपमा प्रस्तुत हुने प्रतिबद्धता ब्यक्त गरे ।योजना सम्झौता र निकासामा झन्झटिलो भएको नगरबासीको गुणासा प्रति उनिहरुले अबको योजना समयमै सम्पन्न गर्नका निम्ति उपभोक्ताले पनि समयमै सम्झौता गरेर काम गर्नुपर्ने बताए । नगरबासीका गुणासा र सुझाबलाई आत्मसात गर्दै सोही अनुरुप अबको योजना तथा कार्यक्रम सम्पन्न गर्ने पनि बताए । कार्यक्रमको सहजिकरण पत्रकार किरण बिक्रम शाहले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]