
Ssbus
Ssbus
Sssbus1
ssbus
Sssbus1
tssbus
Gsl
Ssbus
nsm
Pbu

Gst
Wsp
Rsb
Bbu
Rgs
Sls
Hal
Pvg
Ssm
Ksm
Sbs
Ggd
Vor
Rgu
Bbbpu
nsb
Rgu
Tsm
Asm

Jmb
Rmb
Jmb
Pls
Mks
Bml
Ptm
sab
Rpp
Syp
Gsb
bbt
Abd
दाङ । लमही नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा कुल बजेटको जम्मा ६७.४६ प्रतिसत रकम खर्च गर्न सफल भएको छ ।
आर्थिक बर्ष २०७८/०७९ मा चालू र पुंजिगत गरि कुल बजेट १ अर्ब १५ करोड ५२ लाख १७ हजार मध्यबाट ७७ करोड ९३ लाख २७ हजार ७ सय २४ रूपैया ४ पैशा खर्च गर्न सफल भएको हो । पालिकाले ७८/७९ को चालू र पुँजिगत गरि कुल बजेट मध्यबाट ३८ करोड, ५८ लाख, ८९ हजार, २ सय ७५ रूपैया ९६ पैशा भने खर्च गर्न सकेन । खर्च गर्न नसक्दा कुल बजेटको ३२.५४ प्रतिसत रकम फ्रिज भएको छ ।
लमही नगरपालिकाले बिहिबार आयोजना गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा बार्षिक प्रगती बिवरण प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले १० करोड ८८ लाख, ७९ हजार ९ सय ९१ रूपैया ६२ पैशा राजस्व सँकलन भएको जानकारी दिए । नगरपालिकाले लक्ष्यको जम्मा ३३.१६ प्रतिसत मात्र राजस्व संकलन गरेको छ । पालिकाले ३२ करोड ८३ लाख, ५० हजार राजस्व सँकलन गर्ने लक्ष्य लिएपनि २१ करोड, ९४ लाख, ७० हजार, ८ रूपैया ३८ पैशा रकम सँकलन गर्न सकेन । लक्ष्यको ६६.८४ रकम राजस्व सँकलन गर्नबाट नगरपालिका चुकेको छ ।
लमही नगरपालिकाले भुमिहिन तथा अब्यबस्थित बसोबासी हरुलाई जग्गा बितरण गर्न नसक्दा लक्ष्य अनुसारको सतप्रतिसत राजस्व सँकलनमा चुकेको हो । नगरपालिकाले सबैभन्दा बढी ‘लगत संकलन भुमिहिन तथा अब्यबस्थित बसोबास जग्गा बितरण’ बाट मात्र १३ करोड, ४० लाख रूपैया राजस्व सँकलन गर्ने लक्ष्य लिएको थियो । तर जग्गा बितरण गर्न नसक्दा नगरपालिका लक्ष्यमा पुग्न भने सकेन ।
कार्यक्रममा अधिकाँस बक्ताले योजना सुरवाती क्षणदेखि भुक्तानी सम्ममा कठिनाई रहेको भन्दै आक्रोश पोखेका थिए । टोलबिकास सँस्था मार्फत हुने योजनाहरुको भुक्तानीमा समस्या देखिएको हो । नगरपालिकामा अहिले पनि सम्पन्न भईसकेका र भुक्तानी हुन बाँकी रहेका करिब ६० वटा योजना हरुको फाईल थन्किएका छन् । ती मध्य अधिकाँस फाईलहरु टोल बिकास सँस्था मार्फत सम्पन्न भएका योजनाहरु हुन् ।
प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले लेखा परिक्षकको सरबरले काम नगर्दा समयमै चेक काट्न नसकिएको र नया खाता अपडेट भईसकेपछि बाँकी योजनाहरुको भुक्तानी गरिने जानकारी दिए । उनले सम्भब त यही साउन महिना भित्रमा भुक्तानी गर्न आफुहरु लागिपरेको बताए ।
कार्यक्रममा नगरबासीले कृषि,भुमी,योजना,न्यायिक समिति,पशु शाखा,योजना भुक्तानी,मुस्कान सहितको सेवा,अनुगमन,नागरिक्ता सिफारिस, लगायतका याबत विषयमा प्रश्न उठाएका थीए । त्यस्तै नगरबासीले राखेका जिज्ञासा मेटाउदै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी,उपप्रमुख लक्ष्मी योगी र प्रमुख प्रशासकीय अधिकृतले समग्रमा लमही नगरपालिका समृद्धि उन्मुख रहेको बताए । नगरबासीको सुझाबलाई आत्मसात गर्दै आगामी वर्षमा अझै सक्रिय रुपमा प्रस्तुत हुने प्रतिबद्धता ब्यक्त गरे ।
योजना सम्झौता र निकासामा झन्झटिलो भएको नगरबासीको गुणासा प्रति उनिहरुले अबको योजना समयमै सम्पन्न गर्नका निम्ति उपभोक्ताले पनि समयमै सम्झौता गरेर काम गर्नुपर्ने बताए । नगरबासीका गुणासा र सुझाबलाई आत्मसात गर्दै सोही अनुरुप अबको योजना तथा कार्यक्रम सम्पन्न गर्ने पनि बताए । कार्यक्रमको सहजिकरण पत्रकार किरण बिक्रम शाहले गरेका थिए ।

