
mss
Ssb
Csb
gis
Ppu
Rsb
Gsb

Tsb
Ssb

Nps
Rgu
दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मा रहेको रात्री प्रावि माैरीघाटलाई ५० हजार बराबरको स्कुल झोला तथा स्टेसनरी सामाग्री प्रदान गरिएको छ ।
ज्योती विकास बैंक शाखा कार्यालय माैरीघाटले चाैधाैं वार्षिकोत्सबको अवसरमा सो विद्यालयमा अध्ययरत ५० जना विद्यार्थीहरूलाई पुग्ने गरि स्कुल झोला तथा स्टेशनरी सामाग्री सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि प्रदान गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकनाथ चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विरबहादुर चाैधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस्तै बैंकका क्षेत्रिय शाखा प्रबन्धक जगतबहादुर रोकायको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रममा वडा सदस्यहरू विष्णुप्रसाद पोख्रेल, रोशन चाैधरी,माैरीघाट बजार व्यवस्थापन समितिका अध्यक्ष वेगमबहादुर बस्नेत,राप्ती उद्योग वाणिज्य संघका सदस्य गोविन्द बहादुर केसी,रात्री प्रावि माैरीघाटका प्रअ बुद्विमान चाैधरी,पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले बैंकको सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन बैंकका म्यानेजर प्रकाश जिसीले गरेका थिए ।

