
ksb
Lks
Usb
Ggp
Asb
Sgp
Lnp
Rgp
Ggp
Rgp
Rgp
Jns
Rgp
lnp
Dus

lms

काठमाडौँ । रान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम,संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।
कुमार, विश्वक्रान्ति,देवराज लामा भन्ने लामालाई काठमाडौँको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एआईजी मनोज केसीले जानकारी दिए ।
२०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र २ जना घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो । विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार अभियुक्त लामालाई मंगलबार पक्राउ गरिएको केसीको भनाइ छ ।
त्यस्तै उनीविरुद्ध श्यामबहादुर तामाङसहितले जाहेरी दिएका थिए। उनी ०६८ साल फागुन १५ गते काठमाडौँको बबरमहल स्थित आयल निगमको गेटमा टाइम बम विस्फोट गराइ ३ जनाको मृत्यु भएको घटनामा मुछिएका उनी ०६९ असार १२ गते पाँचथरको भुसपातेमा विस्फोटक पदार्थसहित पक्राउ परेका थिए । उनी कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर कारागार चलान भएका थिए । केन्द्रीय कारागारबाट २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा छुटेका थिए।
यस्तै पाँचथर जिल्ला प्रहरी कार्यालयमा दायर भएको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार रहेका उनी अहिले पक्राउ परेका हुन् ।रासस
