
Syees
gms
Amb
Rbs
dsbus
Gsbus
Csbus
Ratbs
Ddhbs
Bksbus5
Nssbus7
Gsl
Jsbus
syysr
Ssbus
Pbu

Rsb
Tsm
Gst
Asm
Ssm
Sls
Rgs
Bbbpu
Rgu
Bbu
Ggd
Vor
Wsp
Rgu
Hal
Pvg
Ksm
Sbs
nsb

Rpp
Ptm
Syp
Jmb
Bml
Abd
Pls
Gsb
bbt
Mks
Rmb
Jmb
sab
दाङ । नेपाली कम्युनिस्ट पार्टीका युवा नेता भिम ओलीले दाङ क्षेत्र नम्बर १,बाट आफ्नो उम्मेदवारी रहने बताएका छन् ।
ओलीले सामाजिक सञ्जाल फेसबुक वालमा आफ्नो बिचार पोष्ट गर्दै आफू आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा लड्न सबै दृष्टिकोणबाट योग्य रहेको उनको दाबी छ ।
तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा समेत सहभागी भएका ओली नेकपा लुम्बिनी प्रदेश सदस्यको जिम्मेवारीमा रहेका छन् । जेनजी आन्दोलनपछि युवाको खोजी भएकाले पार्टीले युवाको रुपमा आफूलाई अघि सार्नुपर्ने ओलीको तर्क छ । दाङ-१,बाट निर्वाचन लड्न राजनीतिक,योग्दान हरेक दृष्टिकोणले योग्य भएकाले शुभचिन्तकलाई सुझाव दिन समेत उनले आग्रह गरेका छन् ।
ओलीको पोस्ट जस्ताको त्यस्तै
शुस्भ बिहानी,शुस्भदिन।🙏
विषयस् प्रतिनिधि सभा निर्वाचन(फाल्गुन २१रउम्मेदवारीबारे राजनीतिक स्पष्टता तथा सुझावको माग।।।।।।
माननीय पार्टी नेतृत्व,
आदरणीय अग्रज कमरेडहरू,तथा सहयोद्दा कामरेड हरु।।।
लाल शलाम।
आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन मा म नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट निर्वाचन क्षेत्र नं। १ मा उम्मेदवारी लड्ने स्पष्ट राजनीतिक निर्णयसहित अघि बढेको छु।
यो निर्णय कुनै आकस्मिक चाहना होइन, झन्डै २९दुइदशक० लामो समयको संगठनात्मक काम, जनसम्पर्क र संघर्षको अनुभवको निष्कर्ष हो।
म आफूलाई यस निर्वाचनमा पार्टीको प्रतिनिधित्व गर्न राजनीतिक, वैचारिक र संगठनात्मक रूपमा योग्य पात्र मान्दछु। क्षेत्र नं। १ भित्र पार्टी संगठन विस्तार,जनयुद्ध, जनआन्दोलन,अभियान र कठिन घडीमा पार्टीको झण्डा उठाइरहने कार्यमा मेरो निरन्तर उपस्थिति र योगदान सबैका सामु स्पष्ट छ।
आजको राजनीतिक परिस्थिति कमजोर,अवसरवादी र जनविरोधी प्रवृत्तिसँग सम्झौता गर्ने उम्मेदवार होइन,पार्टीको लाइन स्पष्ट रूपमा संसदमा लैजान सक्ने, टकराव गर्न सक्ने र जनताको पक्षमा निर्भीक रूपमा उभिन सक्ने उम्मेदवार को माग गरिरहेको छ।
म त्यही जिम्मेवारी वहन गर्न तयार छु।यस सन्दर्भमा म पार्टी नेतृत्व र अग्रज कमरेडहरूबाटस्शुझाब चाहान्छु।
१।निर्वाचन क्षेत्र नं। १ को वस्तुगत राजनीतिक मूल्यांकन,
मेरो उम्मेदवारीलाई अझ प्रभावकारी बनाउने(सहितको स्पष्ट सुझाव।
२।पार्टीको समग्र चुनावी रणनीतिसँग मेरो भूमिकाको ठोस समन्वय,के हुनसक्छरु
३।अझै थप आवश्यक सुधार तथा जिम्मेवारीको निर्देशन सम्बन्धमा सुझाप स्पष्ट रूपमा अपेक्षा गर्दछु।
म पार्टीको सामूहिक निर्णय,अनुशासन र केन्द्रिकृत नेतृत्वलाई सर्वोपरि मान्दछु। अन्तिम निर्णय जेसुकै भए पनि पार्टीको हित र विजयका लागि अग्रपंक्तिमा उभिने प्रतिबद्धता दोहोर्याउँछु। तर, आजको संघर्षपूर्ण घडीमा पार्टीलाई लड्न सक्ने, जित्न सक्ने र जनतालाई विश्वस्तमा ल्याऊन,सक्ने उम्मेदवार आवश्यक छ भन्ने मेरो ठोस बुझाइ छ।
पार्टीको विजय, वैचारिक स्पष्टता र जनताको भरोसा जित्ने संघर्षमा यहाँहरूको राजनीतिक सुझाव निर्णायक हुने विश्वास गर्दछु।
लाल सलाम,सहीत
क्रान्तिकारी अभिवादनसहित।।
