Sidha Patra बुधबार, साउन ०४, २०७९

वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले स्रोत नखुलेको ४१ लाख ५५ हजार रुपैयाँसहित गर्ने एक जना पक्राउ गरेको छ । भारत बिहार जिल्ला पूर्वी चम्पारण थाना रक्सौल वडा नं ११ का २५ वर्षीय राकेश कुमार पक्राउ परेका हुन् ।

बुधबार बिहान विशेष सूचनाको अधारमा तालुक प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकबाट राकेशलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

भारतको रक्सौलबाट वीरगञ्जतर्फ बीआर ०५ एन ०२३८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सिटमुनि र ट्याङ्कीमा लुकाई राखेको स्रोत नखुलेको नेपाली ४१ लाख ५५ हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद काकीले जानकारी दिए ।

स्रोत नखुलेको रकम, मोटरसाइकल सहित राकेशलाई नियन्त्रणमा लिई कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]