
sks
Rus
Ddh
Sys
Bpb
Ppu
Gsbus
jmb
smb
gms
Rg-9
jms
Asm
Ssbus

Sbs
Ln2
Asm
Gg5
Dps
bmj
Rys
Ln1
Ln3
Gg1
Ln9
Ln7
Ssb
Hl1
bml
cks
Tsb
Usb
Gsb
Ln8

Gg3
Rgu
Sab
Sml
Gg2
Jab
Jpb
Ksb
Bpb
Gg4
Gg6
Rss
Sbs
Nps
ptl
Snk
Gjl
दाङ । शहरी सौन्दर्यकरणका लागि तुलसीपुर बजार क्षेत्रमा सुन्दरता देखिने बिरुवा रोपण सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको बजार क्षेत्रका साथै घोराही तुलसीपुर सडकखण्डको तुलसीपुरदेखि हात्ती खौवासम्म बिरुवा रोपण सुरु गरिएको हो ।
त्यस्तै बजार क्षेत्रमा आउने सेवाग्राहीका साथै पर्यटकहरुलाई सुन्दरता देखाउनका लागि गुल्मर,कल्की,कपुर प्रजातिका बिरुवा रोपण सुरु गरिएको पालिकाका वन अधिकृत ओमकान्त भट्टराईले जानकारी दिनुभयो । डिभिजन वन कार्यालयको सहयोगमा बजार क्षेत्रमा सुन्दरता कायम गर्न र तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका सामुदायिक वनल लगायतका क्षेत्रमा तीस हजार बिरुवा रोपण गरिएको अधिकृत भट्टराईले जानकारी दिनुभयो ।
यसैबीच सरसफाई तथा फोहोर व्यवस्थापन शाखाको आयोजनामा बिरुवा रोपण सुरु गरिएको हो । नगरप्रमुख टीकाराम खड्काको अध्यक्षता एवम उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिश नीता गौतम दीक्षितको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि मुख्य न्यायाधिश नीता गौतम दीक्षितले वातावरण सफा राख्न र प्रदूषण हटाउनका लागि बिरुवा रोपण अनिवार्य भएको बताउनुभयो । कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले बजार क्षेत्रको वातावरण स्वस्थ र सफा राख्नका लागि बिरुवा रोपण गरिएको बताउनुभयो । कार्यक्रममा संविधान सभा सदस्य बुद्विराम भण्डारीले बजार क्षेत्रमा सुन्दरता देखाउनका लागि बिरुवा रोपण कार्य सकारात्मक भएको र यो गाउँगाउँसम्म पुर्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा मुख्य न्यायाधीस नीता गौतम दीक्षित,नगरप्रमुख टीकाराम खड्का,उपप्रमुख स्यानी चौधरी,संविधान सभा सदस्य बुद्विराम भण्डारी,प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले विभिन्न प्रजातिका बिरुवा रोपण गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा बारेमा प्रमुख प्रशासकीय अकिृत मोहन पौडेलले जानकारी दिनुभएको थियो भने सरसफाई शाखाका प्रमुख माधव पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
