
Gisld
Mbdvs
Rbs
mbd
Sds
Pbu

Sls
Rgu
Sbs
Rgu
Asm
Wsp
Ggd
Hal
Rgs
nsb
Rsb
Bbu
Gst
Tsm
Pvg
Bbbpu
Ssm
Ksm
Vor

Mks
Bml
Jmb
Pls
Syp
Rmb
Rpp
Jmb
bbt
Ptm
sab
Gsb
Abd
दाङ । शहरी सौन्दर्यकरणका लागि तुलसीपुर बजार क्षेत्रमा सुन्दरता देखिने बिरुवा रोपण सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको बजार क्षेत्रका साथै घोराही तुलसीपुर सडकखण्डको तुलसीपुरदेखि हात्ती खौवासम्म बिरुवा रोपण सुरु गरिएको हो ।
त्यस्तै बजार क्षेत्रमा आउने सेवाग्राहीका साथै पर्यटकहरुलाई सुन्दरता देखाउनका लागि गुल्मर,कल्की,कपुर प्रजातिका बिरुवा रोपण सुरु गरिएको पालिकाका वन अधिकृत ओमकान्त भट्टराईले जानकारी दिनुभयो । डिभिजन वन कार्यालयको सहयोगमा बजार क्षेत्रमा सुन्दरता कायम गर्न र तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका सामुदायिक वनल लगायतका क्षेत्रमा तीस हजार बिरुवा रोपण गरिएको अधिकृत भट्टराईले जानकारी दिनुभयो ।
यसैबीच सरसफाई तथा फोहोर व्यवस्थापन शाखाको आयोजनामा बिरुवा रोपण सुरु गरिएको हो । नगरप्रमुख टीकाराम खड्काको अध्यक्षता एवम उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिश नीता गौतम दीक्षितको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि मुख्य न्यायाधिश नीता गौतम दीक्षितले वातावरण सफा राख्न र प्रदूषण हटाउनका लागि बिरुवा रोपण अनिवार्य भएको बताउनुभयो । कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले बजार क्षेत्रको वातावरण स्वस्थ र सफा राख्नका लागि बिरुवा रोपण गरिएको बताउनुभयो । कार्यक्रममा संविधान सभा सदस्य बुद्विराम भण्डारीले बजार क्षेत्रमा सुन्दरता देखाउनका लागि बिरुवा रोपण कार्य सकारात्मक भएको र यो गाउँगाउँसम्म पुर्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा मुख्य न्यायाधीस नीता गौतम दीक्षित,नगरप्रमुख टीकाराम खड्का,उपप्रमुख स्यानी चौधरी,संविधान सभा सदस्य बुद्विराम भण्डारी,प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले विभिन्न प्रजातिका बिरुवा रोपण गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा बारेमा प्रमुख प्रशासकीय अकिृत मोहन पौडेलले जानकारी दिनुभएको थियो भने सरसफाई शाखाका प्रमुख माधव पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
