Sidha Patra शनिबार, आषाढ २५, २०७९

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ मोतीपुर,फोहोरा गाउँ डुबानमा परेको छ । उक्त बस्तीमा अहिले मुङ्ग्रेठा खोलाको भेल पसेर डुबानमा परेको हो ।

त्यस्तै सो गाउँको बाटोभएर दैनिक सम्बन्धित सरोकारवाला निकायका प्रमुख ब्यक्तिहरु आवतजावत गर्छन् तर उनको पनि अहिलेसम्म उक्त बस्तीमा ध्यान पुग्न नसकेको सो गाउँका युवा अम्रेश यादवले बताए ।यादवले भने हामीले उक्त स्थानमा दोहोरो तटबन्धको लागि वडा अध्यक्षदेखि गाउँपालिका अध्यक्ष र सांसदलाई समेत सिफारिस गरेउ तर अहिलेसम्म कसैले पनि वास्ता गरेनन् ,त्यसको फल स्वरुप आज बस्ती दुबानमा पर्‍यो । सो स्थानमा समयमा दोहोरो तटबन्ध भएको भए सायद आज यसरी यहाँका जनताले दुख पाउनु पर्दैनथ्यो होला यादवले भने ।यादवका अनुसार अहिले उक्त बस्तीमा मुङ्ग्रेठा खोलाले मात्रै त्यति धेरै क्षति पुर्‍याइरहेको छ । त्यस बस्तीमा करङ्गा खोलाले पुर्वबाट पश्चिम् तिर जुन हुलाकी सडक पर्छ । सो सडकलाई काटेर मुङ्ग्रेठा खोलासंग मिसिन लागेको छ । अब धेरै छैन जम्मा ५ मिटर जति छ,मुङ्ग्रेठा खोलासंग करङ्गा खोला मिसिनको लागि’यदि मुङ्ग्रेठा खोलासंग मिसियो भने पुरै दुई सय बस्ती डुबानमा पर्ने यादवले बताए ।राजपुर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादवको घरपनि सोही गाउँमा पर्छ तर अहिलेसम्म उनको पनि सो कटान र डुबानमा ध्यान पुग्न सकेको छैन । यादव यस अघिको वडा अध्यक्ष थिए भने अहिलेपनि निर्वाचित भएर सो वडाको अध्यक्ष भएका छन् । तर यादवले अहिलेसम्म केही पहल नगरेको स्थानीय बासिले गुनासो गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]