सागर थापा मंगलबार, आषाढ २१, २०७९

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरीमा व्यापक हेरफेरको तयारी थालेका छन् । रिक्त पदमा बढुवा तथा अवधि पुगेकाहरुको सरुवा गरी प्रहरीमा ठूलो संख्यामा हेरफेर गर्न लागिएको छ । एआइजी बढुवापछि प्रहरीमा १७ जना डिआइजी पदमा बढुवा भए ।

प्रहरी महानिरीक्षक सिंहले लगत्तै केही प्रदेशमा डिआइजी खटिनेछन् । लुम्बिनी र सुदुरपश्चिममा डिआइजी पनि फेरिने सम्भावना रहेको स्रोत बताउँछ ।

त्यस्तै एसएसपी बढुवामा पनि चर्काे प्रतिस्पर्धा छ । एसएसपीका ३१ पद रिक्त हुँदैछन् । जसमा दानबहादुर कार्की, दीपक रेग्मी, दिनेश आचार्य, राजेन्द्र भट्ट लगायत पर्ने पक्का छ । त्यससँगै राष्ट्रिय अनुसन्धान विभागबाट आएका टोलीको बढुवा गर्ने कि २०५६ मा भर्ना भएका एसपीलाई बढुवा गर्ने भन्ने अन्योल छ ।

राष्ट्रिय अनुसन्धानबाट आएको टोलीका कारण २०५४ र २०५६ मा इन्सपेक्टरबाट भर्ना भएका टोलीको करिअरमा असर परेको थियो । राअवि टोली छाडेर अहिले २०५६ को टोलीलाई बढुवा गरे उनीहरुमाथि परेको अन्याय हटाउने अवसर प्रहरी नेतृत्वसँग छ । तर, राअवि टोली पैसा र पहुँचमा अगाडि रहेकाले उनीहरु शक्तिशाली छन् । बढुवासँगै महत्वपूर्ण कार्यालयका इन्चार्ज पनि फेरिदै छन् । त्यस्तै एसपी र डिएसपी हुने केही जिल्लाको नेतृत्व पनि फेरिदैछ । दाङ बाँके,कास्की कपिलवस्तु सुनसरी पर्सा बारा लगायत जिल्लाका एसपीको एक वर्ष पुग्न लागेको छ ।

कास्कीका लागि कृष्ण कोइराला, दिलिप घिमिरे, अजय केसी लगायतको नाम चर्चामा छ । प्रहरी महानिरीक्षक सिंहले सरुवा–बढुवामा निष्पक्ष मूल्याङकन गरिने प्रतिबद्धता सार्वजनिक रुपमै व्यक्त गरेका छन् । त्यसकारण उनले विचौलियाको चलखेल रोक्न सक्छन् कि सक्दैनन् उनको लागि आगामी सरुवा बढुवा परीक्षा बन्ने छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]