Sidha Patra बुधबार, आषाढ १५, २०७९

दाङ । महिला हिंसा न्यूनीकरणका लागि सरोकारवालाहरुको भुमिका विषयक ३ दिने तालिमको आज समापन गरिएको छ ।

दलित सेवासंघ दाङका सहसचिव सन्तोस चनाराको अध्यक्षता तथा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर केसिको प्रमुख अथित्यता तथा बबई गाउँपालिकाका उपाध्यक्ष बम कुमारी खड्का र बबई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीष्म कुमार मल्लको बिशिस्ट आथित्यतामा तलिमको समापन गरिएको हो ।

त्यस अबसरमा बोल्दै बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसिले सस्कार जन्य महिला हिंसाहरु पनि रहेको बताउदै हिंसा भएपछी भन्दा पनि हिंसा हुनै नदिने वातावरण शिर्जना गर्नु पर्ने बताउनु भयो । साथै हिंसालाई लुकाउदा पीडितले झन प्रसय पाउने भन्दै हिंसा भएमा नलुकाउन आग्रह गर्नु भयो ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै बबई गाउँपालिकाका उपाध्यक्ष बम कुमारी खड्काले कार्यक्रम मात्र समापन गर्न होइन बबईबाट महिला हिंसा समापन गर्न तर्फ लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै मानिसको चेतनामा परिवर्तन गर्न समय लाग्ने बताउदै जनप्रतिनिधिले वडा स्थरबाट महिला हिंसा घटना न्यूनीकरण गर्न पहल गर्न सुझाव दिनु भयो।

यसैगरी समापन कार्यक्रममा कार्यपालिका सदस्य नोखी डागी,वडा न ४ का सदस्री लक्ष्मि बिक सरोकारवाला ईलाका प्रहरी खिलतपुरका महिला सेलका इशु बिस्ट लगायतले बोल्नु भएको थियो ।

तालिममा लिङ लैङ्गकिता,हिंसा महिला हिंसा, महिला हिंसा न्यूनीकरणमा गर्न सकिने कुराहरुको बारेमा प्रशिक्षण गरिएको थियो । तीन दिन सम्म संचालन भरको तालीममा २० जना महिला जनप्रतिनिधिको सहभागीता रहेको थियो । तालिमको प्रशिक्षकमा देबि प्याकुरेल र निर्मल नेपाली रहनु भएको थियो । कार्यक्रमको सहजीकरण दलित सेवा सघका छवि परियारले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]