
Ssbus
Sssbus1
Ssbus
Ssbus
Gsl
Sssbus1
ssbus
nsm
Pbu
tssbus

Pvg
nsb
Bbbpu
Tsm
Hal
Ssm
Ggd
Rgu
Sls
Sbs
Vor
Rgs
Asm
Ksm
Rsb
Bbu
Gst
Rgu
Wsp

bbt
Ptm
Pls
Gsb
Syp
Bml
Jmb
Rmb
Mks
Jmb
Abd
sab
Rpp
दाङ । प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम अन्तरगत खसी,बोका विक्रीमा प्रदेश सरकारद्वारा ११ लाख बढी अनुदान वितरण गर्ने कार्यक्रम लमही नगरपालिका वडा नम्बर ९ रिहारमा मंगलबार सम्पन्न भएको छ ।
कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका अध्यक्ष देवीमाया थापाको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भेषबहादुर केसी (रमेश)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष केसीले संस्थाले धेरै राम्रो कार्य गर्दै आएको बताउनु भएको छ ।
त्यस्तै उहाँले संस्थाले यो वर्ष ११ लाख बढीको खसी,बोका वितरण मार्फत अनुदान प्राप्त गर्न सकेकोमा आगामी वर्षमा २२ लाखको अनुदान प्राप्त गरेको देख्न पाइयोस् अग्रिम शुभकामना छ,भन्दै अध्यक्ष केसीले संस्थालाई शुभकामना दिनु भयो । यसैगरी उहाँले आगामी दिनमा संस्थालाई आफ्नो वडाको तर्फबाट हुने आवश्यक सहयोगमा कुनैपनि कन्जुस्याइँ नगरी सहयोग गर्ने बताउनु भयो ।
संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा २०३ जना कृषकसंग समन्वय गरेर १८ सय ४३ वटा खसी,बोका संस्था मार्फत बिक्री गरेको थियो । उक्त खसी,बोकाबाट ४६ हजार १ सय ४१ केजी मासु बिक्री भएको संस्थाका व्यवस्थापक हेमनारायण चौधरीले जानकारी दिनु भयो ।
कृषकहरुले संस्थासंग सहकार्य गरेर आफ्नो खसी,बोका बिक्री वितरण गरेबापत लुम्बिनी प्रदेश सरकारको प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम अन्तरगत कृषकलाई १ केजीको २५ रुपैयाँको दरले ४६ हजार १४१ केजीको जम्मा ११ लाख ५३ हजार,५ सय २५ रुपैयाँ प्राप्त भएको संस्थाका व्यवस्थापक चौधरीले बताउनु भयो । उक्त अनुदान रकम २०३ जना कृषकको खसी,बोकाको मासु मार्फत प्राप्त भएको हुँदा केजीको आधारमा संस्थाले रकम हस्तान्तरण गर्ने व्यवस्थापक चौधरीले जानकारी दिनु भयो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञान केन्द्र दाङको सहयोग र कर्मठ सामाजिक उद्यमी महिला सहकारी लिमिटेड संस्थाका आयोजनामा सम्पन्न भएको कार्यक्रममा ४ जना कृषकलाई चेक हस्तान्तरण गरिएको थियो भने अन्यलाई बैंक खाता मार्फत भुक्तानी दिइनेछ । कृष तथा संस्थाका कर्मचारी लगायतको उपस्थितिमा भएको कार्यक्रमको संचालन संस्थाका फिल्ड सहायक नेत्र कुमारी खड्काले गर्नु भएको थियो ।

