
Ksb
Ksb
Fmb
Rks
Bsn
Gsb
Rsb
Ksb
jsb
Ssb
Nsb
Ppu
Tgp
Csb
Usb
Ssb

Tsb
Ssb
Hl1
Usb
Gsb

ptl
Nps
Rgu
काठमाडौं । देशभर १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं,खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो ।
विशेष गरि आज दिवसको अवसरमा देशभर रोपाइँ लगायतका विभिन्न कार्यक्रमको आयोजना गरिए भव्यताका साथमा मनाइँदै छ ।
वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।
त्यस्तै असारे भाकामा लोकदोहोरी गाउँदै,हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन रहेको छ ।दहीच्युराको संस्कृति असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि विशेष लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् । यस्तै औपचारिकरूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघिदेखि नै नेपालमा असार १५ गते दहीच्युरा खाने चलन चल्दै आएको थियो ।
त्यसैगरी दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ ।
