ओमप्रकाश गुप्ता शनिबार, आषाढ ११, २०७९

दाङ । नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष सहित ४ जना वडा अध्यक्ष र सदस्यहरूले गाउँसभा बहिष्कार गरेपनि बहुमत गाउँसभा सदस्यहरूकाे उपस्थितिमा आर्थिक वर्ष २०७९/०८० काे बजेट घाेषणा गरिएकाे छ ।

उपाध्यक्ष,उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजश्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गते भित्र सभामा पेश गर्नु पर्ने प्रावधान अनुसार पालिका अध्यक्ष प्रकाश बिष्टकाे आदेशमा ४ नम्बर वडा अध्यक्ष बिरबहादुर चाैधरीले उक्त बजेट गाउँसभामा पेश गरेका हुन् । चाैधरीले राती ११ बजेर ५५ मिनेटमा बजेट घोषणा गरेका थिए ।

त्यस्तै गाउँपालिकाले आगामी आर्थिक २०७९-०८० का लागि ६१ कराेड करोड ५४ लाख ८४ हजार बराबरको बजेट ल्याएको भए पनि सभामा प्रस्तुत भने गरिएको छैन् । गाउँसभामा बहुमत सदस्यहरूकाे समर्थन रहेकाे थियाे ।

गाउँपालिकामा विषयगत समितिको बैठक बस्न नपाउँदै आफू खुसी कार्यपालिका बैठक राखेको र बजेटको तयारी नपुगेको भन्दै उपाध्यक्ष कमलापती चाैधरीले बजेट प्रस्तुत नगरि बैठकबाट बाहिरिएकी थिइन् ।

शुक्रबार बेलुका ६ बजे बसेको लाइभ बैठकमा वडा नम्बर १, ५, ७ र ८ का वडा अध्यक्षहरूले पनि वडामा बजेट सिलिङ कम भएको भन्दै असन्तुष्टि जनाउँदै कार्यपालिका बैठकको उपस्थितिमा हस्ताक्षर समेत नगरि बाहिरिएका थिए। गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिक्षा,स्वास्थ्य र कृषिमा बढी बजेट विनियोजन गर्नु परेकोले वडा तहमा केही बजेट कटाैती गर्नु परेको बताएका छन् ।

केही वडा अध्यक्ष तथा सदस्यहरूले शिक्षा, स्वास्थ्यमा बजेट हाल्न नचाहेकोले कार्यपालिका बैठक सर्वसहमतीले पारित हुन नसकेको हो । वडा अध्यक्षहरूले सिलिङ बजेटमा १५ लाख बजेट थप गर्न माग गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]