
Ssbus
Pbu
Gsl
Ssbus
ssbus
Sssbus1
Sssbus1
Ssbus
tssbus
nsm

Asm
Pvg
Hal
Rsb
Bbu
Ksm
Rgs
Rgu
Ssm
Bbbpu
Wsp
Sbs
Rgu
Ggd
Vor
Tsm
Sls
nsb
Gst

Pls
Rmb
Gsb
Bml
Rpp
sab
bbt
Mks
Ptm
Jmb
Abd
Syp
Jmb
दाङ । नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष सहित ४ जना वडा अध्यक्ष र सदस्यहरूले गाउँसभा बहिष्कार गरेपनि बहुमत गाउँसभा सदस्यहरूकाे उपस्थितिमा आर्थिक वर्ष २०७९/०८० काे बजेट घाेषणा गरिएकाे छ ।
उपाध्यक्ष,उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजश्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गते भित्र सभामा पेश गर्नु पर्ने प्रावधान अनुसार पालिका अध्यक्ष प्रकाश बिष्टकाे आदेशमा ४ नम्बर वडा अध्यक्ष बिरबहादुर चाैधरीले उक्त बजेट गाउँसभामा पेश गरेका हुन् । चाैधरीले राती ११ बजेर ५५ मिनेटमा बजेट घोषणा गरेका थिए ।
त्यस्तै गाउँपालिकाले आगामी आर्थिक २०७९-०८० का लागि ६१ कराेड करोड ५४ लाख ८४ हजार बराबरको बजेट ल्याएको भए पनि सभामा प्रस्तुत भने गरिएको छैन् । गाउँसभामा बहुमत सदस्यहरूकाे समर्थन रहेकाे थियाे ।
गाउँपालिकामा विषयगत समितिको बैठक बस्न नपाउँदै आफू खुसी कार्यपालिका बैठक राखेको र बजेटको तयारी नपुगेको भन्दै उपाध्यक्ष कमलापती चाैधरीले बजेट प्रस्तुत नगरि बैठकबाट बाहिरिएकी थिइन् ।
शुक्रबार बेलुका ६ बजे बसेको लाइभ बैठकमा वडा नम्बर १, ५, ७ र ८ का वडा अध्यक्षहरूले पनि वडामा बजेट सिलिङ कम भएको भन्दै असन्तुष्टि जनाउँदै कार्यपालिका बैठकको उपस्थितिमा हस्ताक्षर समेत नगरि बाहिरिएका थिए। गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिक्षा,स्वास्थ्य र कृषिमा बढी बजेट विनियोजन गर्नु परेकोले वडा तहमा केही बजेट कटाैती गर्नु परेको बताएका छन् ।
केही वडा अध्यक्ष तथा सदस्यहरूले शिक्षा, स्वास्थ्यमा बजेट हाल्न नचाहेकोले कार्यपालिका बैठक सर्वसहमतीले पारित हुन नसकेको हो । वडा अध्यक्षहरूले सिलिङ बजेटमा १५ लाख बजेट थप गर्न माग गरेका छन् ।
