टेकबहादुर पुन शुक्रबार, आषाढ १०, २०७९

दाङ । लमही नगरपालिकाले १ अर्ब ३९ करोड ८१ लाख १८ हजारको बजेट प्रस्तुत गरेको छ ।

आर्थिक बर्ष २०७८/०७९ को बजेट भन्दा यो बजेट २७ करोड ३१ लाख १८ हजारले बढी हो । नगर उपप्रमुख लक्ष्मी योगीले विभिन्न बिषयगत शिर्षकमा गरि आर्थिक बर्ष २०७९/०८० का लागि उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

संघिय सरकार समानिकरण अनुदान, समपूरक अनुदान,बिशेष अनुदान,शसर्त अनुदान, प्रदेश सरकार समानिकरण,सवारी साधन राजश्व बाँडफाँड, शसर्त अनुदान,समपुरक अनुदान,बिशेष अनुदान, आन्तरिक श्रोत लगायतबाट प्राप्त हुने रकमलाई आधार मानेर बजेट बनाइएको छ ।

नगर सभाको बैठकले बार्षिक नीति तथा कार्यक्रम संसोधन सहित सर्वसहमती बाट पारित गरेको छ । बैठकले विभिन्न ४ समितिहरु समेत गठन गरेको छ । न्यायिक समितीमा उपप्रमुख लक्ष्मी योगी संयोजक, सदस्यहरुमा केशव अधिकारी र काँशीप्रसाद चौधरी रहेका छन । लेखा समितिको संयोजकमा कालिचरण चौधरी,कृष्णबहादुर खत्री र राधा विक सदस्य चयन भएका छ ।

विधायन समितिका संयोजकमा अम्बर बहादुर वली, सदस्यमा कृष्ण गिरी र केदार चौधरी, शुसासन समितिको संयोजकमा सुमनकुमार अधिकारी, सदस्यमा लिलाकुमारी चौधरी,पार्वती रानामगर रहेको छ । नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]