
Ssbus
Gsl
Ssbus
Ssbus
Pbu
Sssbus1
ssbus
Bs1
tssbus
nsm
Sssbus1

nsb
Asm
Wsp
Vor
Hal
Gst
Bbu
Rgu
Rsb
Bbbpu
Pvg
Rgs
Rgu
Ssm
Tsm
Sbs
Ggd
Sls
Ksm

Gsb
sab
Ptm
Mks
Pls
Rpp
Rmb
Jmb
bbt
Syp
Abd
Bml
Jmb
दाङ । लमही नगरपालिकाले २०७९/०८० काे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । लमही नगरपालिकाका मेयर जाेगराज चाैधरिले बिहिवार नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हाे । दोस्रो नगर सभाको नेपाल सरकारका पुर्वसिंचाइ राज्य मन्त्री तथा पुर्व संविधान सभा सदस्य अमरसिंह पुनले उद्घाटन गर्नु भएको थियाे ।
लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको अध्यक्षता तथा नेपाल सरकारका पुर्वसिंचाइ राज्य मन्त्री तथा पुर्व संविधान सभा सदस्य अमरसिंह पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रम संम्बाेधन गर्नुहुदै प्रमुख अतिथि पुनले तीन तहकाे सरकार बिच समन्वयकारि भुमिका नहुदा भने जसाे बिकाश निर्माणका कार्य हुन नसकेको बताउनु भएको छ ।
प्रदेश सरकार र स्थानीय सरकार भनेका नजिक गाउँ घरका सरकार हुन भन्नुहुदै यी दुई बिच अझै राम्रोसँग समन्वय नभएकै कारण बिकास निर्माणकार्य समस्या भएको उहाँको भनाइ थियाे । प्रदेश सरकार आफ्नाे तालमा चल्ने अनि स्थानीय सरकार आफ्नाे तालमा चल्न खाेज्दा समस्या बल्झिएकाे उहाँको ठहर थियाे ।
नगरपालिका लागि संबृद्धि तथा बिकाश ल्याउने सकिने प्रचुर संभावना रहेकाे भन्नुहुदै सबै मिल्नुकाे कुनै पनि बिकल्प नभएको भनाइ पनि उहाँको थियाे । लुम्बिनी प्रदेशकाे राजधानीकाे नजिककाे स्थानीय सरकार भनेकाे लमही नगरपालिका मात्रै हाे यसकाे अझै बिकाश गर्न जरुरी रहेकाे उहाँको भनाइ थियाे ।महानगरपालिकाकाे अबधारणा अनुरुप कार्य गर्न जनप्रतिनिधिहरुलाई विशेष रुपमा आग्रह पनि गर्नुभयाे। कार्यक्रम प्रमुख अतिथि समेत रहनु भएका पुनले लमही नगरपालिका भबिस्य अत्यन्तै उज्वल रहेकाे भन्नुहुदै साेहि अनुसार कार्य गर्नु पर्ने उहाँको भनाइ थियाे ।
लमही नगरपालिकाले शिक्षा र स्वास्थ्यमा बढि प्राथमिक्ता दिएर नीति तथा कार्यक्रम नगर प्रमुख जाेगराज चाैधरिले सार्वजनिक गर्नु भएको हाे ।जस अन्तरगत शिक्षामा सरकारी बिधालयमा १ देखि कक्षा १० सम्म नि:शुल्क पठनपाठन गराइने र स्वास्थ्यमा लमही अस्पतालकाे स्तरबृद्धि गरेर १०० सैयाकाे अस्पताल पुर्याउने लगयतका ६२ बुढे बार्षिक नीति तथा कार्यक्रम पेश गर्नु भएको थियाे ।
त्यस्तै सरसफाइमा मेराेफाेहर मेराे जिम्मेवारी अभियान चलाउने, कार्य संम्पादनमा ढिला सुस्ति गर्ने कर्मचारी, अनुशासनकाे दायरामा नबस्ने र सेवा प्रबाहमा लापरबाही गर्ने शिक्षक, स्वास्थ्यकर्मि तथा कर्मचारीहरुकाे आचरणमा शून्य सहनशिल्ताकाे नीति अबलम्बन गरिने छ । सेवाग्राहीकाे गुनासाेकाे ब्यबस्थापन लाइ प्रभाबकारि बनाइने कुरा नीति तथा कार्यक्रम समाबेश गरिएको छ।
यस्तै नागरिकको सुचनाकाे हक सुनिश्चित गर्न सुचना ब्यबस्थापन गरिने छ युवाहरु लागि विभिन्न खेलकुद कार्यक्रम मार्फत प्रतिभा उजागर गरि संरक्षण गरिने छ । लाेपाेन्मुख, अल्पसंख्यक र निमाकृत बालबालिकाहरु लागि स्नातक तह सम्म पठनपाठन नि: सुल्क ब्यबस्थापन गरिने उल्लेख गरिएको छ ।आर्थिक अबस्था कम्जोर भएका अपांग तथा असहाय बालबालिकाहरु लाई उच्च प्राथमिक्ता दिदै कक्षा १२ सम्म छात्रवृत्ति ब्यबस्था गरिने भएको कुरा नितिमा उल्लेख गरिएको छ ।
भाेलि सम्म चल्ने नगरसभामा उठेका कुराहरु लागि पनि समाबेश गरि सार्वजनिक गरिने भएको छ । यस पटक नगरपालिकाले बेग्लै तरिकाले नीति र कार्यक्रम ल्याएकाे दाबि न,पाकाे छ । शुक्रबार बन्द सत्रचल्ने भएको छ । नगर प्रमुख जाेगराज चाैधरिकाे अध्ययतामा सुरु भएको उद्धधाट्न कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति भेषराज पान्डे, नेकपामाओवादी केन्द्रका दिल कुमार श्रेष्ठ,राजमाेका तारा खनाल,नागरिक समाज दाङका उप संयाेजक निम बहादुर थापा,लमही नगर संजालका अध्यक्ष जागेश्वर घिमिरे,पत्रकार केपि घिमिरे,पुर्ब,उपमेयर देबका बेल्बासे,लमही नपाका प्रबक्ता माेहन गिरी लगायतले सुझाब सहितकाे मन्तब्य दिनु भएको थियाे । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले स्वागत गर्नु भएको कार्यक्रम सहजिकरण बिपद शाखा प्रमुख गायत्री थापाले गर्नु भएको थियाे ।
