
Gmk
Sds
Anm
Pbu
Rbs
Ksm
mbd
Gisld
Mbdvs

Sbs
Rgs
Asm
Bbbpu
Sls
Bbu
Rsb
nsb
Rgu
Ggd
Wsp
Vor
Pvg
Ssm
Hal
Tsm
Rgu
Ksm
Gst

Abd
Gsb
Rmb
Mks
Rpp
bbt
Jmb
Jmb
Ptm
Bml
Syp
sab
Pls
दाङ । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम जेसीज सप्ताह–२०२२ सुरु भएको छ । महिला जेसीजले शनिबार घोराहीका एक कार्यक्रमको आयोजना गरेर सप्ताहव्यापी कार्यक्रम सुरु गरेको हो ।
त्यस्तै उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले सप्ताहव्यापी कार्यक्रमलाई रचनात्मक रुपमा मनाउन आग्रह गरेका थिए । बिगत लामो समयदेखि जेसीजले महिलाहरु नेतृत्व र क्षमता बिकाससंगै सामाजिक सेवाको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिका–१५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेले जेसीज सिक्ने र सिकाउने पाठशाला भएको भन्दै जेसीजमा आवद्ध हुने महिला तथा पुरुषहरुले क्षमता विकाससँगै सामुहिक कार्यमा अग्रसर हुने बताउनुभयाे ।
उहाँले महिला जेसीजले नेतृत्व तथा क्षमता विकासको कार्यक्रमहरुसँगै समाजमा परिवर्तनको महसुस गर्ने खालका कार्यक्रमहरु ल्याउन आग्रह गर्नुभयाे । त्यसका लागि सचेतना मुलक कार्यक्रमहरुसँगै वडा अध्यक्ष पाण्डेले महिलाहरुलाई सीप सिकाएर उद्यमसँग जोड्ने गरि कार्यक्रम ल्याउन आग्रह गर्नुभयाे।
दाङ महिला जेसीजका सस्थापक अध्यक्ष निर्मला गौतमले महिलाहरुको नेतृत्व र क्षमता बिकाससँगै समाजमा नेतृत्वदायी भूमिकामा महिलाहरुलाई पुर्याउन महिला जेसीजले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयाे ।
दाङ महिला जेसीजका अध्यक्ष शारदा घर्तीको अध्यक्षमा भएको कार्यक्रममा त्रिभुवननगर जेसीजका कानुनी सल्लाहकार टंक रावत ‘अनन्त’,अधिकारकर्मी साजिदा सिद्धिकी, सुष्मा गिरी, तुलसीपुरनगर जेसीजका अध्यक्ष केशवराज केसी, लमहीनगर जेसीजका अध्यक्ष सुन्दर केसी, दाङ महिला जेसीजका पूर्व अध्यक्ष बिणा बिसी, घोराही उपमहानगरपालिका–१३ का वडा सदस्य रामकली घर्तीमगर, नेपाल पत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष सबिन प्रियासन, राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष तथा त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष दिपक शर्मा ‘समीर’, सिस्नुपानी नेपाल दाङका अध्यक्ष डा लोकराज पराजुली, दाङ चेम्बर अफ कमर्शका अध्यक्ष बलदेव योगी, घोराही नगर चेम्बर अफ कमर्शका अध्यक्ष दुर्लभ केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
दाङ महिला जेसीज सप्ताहको पहिलो दिनको कार्यक्रममा आस्थापाठ सदस्य भीमा डिसीले गराउँदा मिसन भिजन सदस्य मेनका भण्डारीले गर्नुभयाे। कार्यक्रम संयोजक लक्ष्मी घमालको स्वागत मन्तव्य सुरुभएको कार्यक्रममा सहभागीलाई सदस्य मीना भण्डारी वलीले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे भने सहजीकरण महासचिव नारायणी भण्डारीले गर्नुभएकाे थियाे । सप्ताहव्यापी कार्यक्रम अन्तरगत महिला जेसीजले आइतबार भाेलि घोराहीमा सर्फ बनाउने तालिम आयोजना गरेको छ ।

