
tssbus
Sssbus1
Ssbus
Sssbus1
Ssbus
nsm
ssbus
Pbu
Gsl
Ssbus

Rgu
Hal
Rgu
Gst
Ssm
Ksm
Bbbpu
Vor
Wsp
Sbs
Tsm
Rsb
nsb
Rgs
Sls
Ggd
Pvg
Bbu
Asm

sab
Jmb
Rpp
Rmb
Abd
Bml
bbt
Jmb
Ptm
Mks
Syp
Gsb
Pls
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्नेछ । सभामुख अग्नि सापकोटाले बिहान ११ बजेको लागि प्रतिनिधि सभाको बैठक बोलाएका छन् ।
आजको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने,विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभाको आजको बैठकबाट पारित गर्ने तयारी छ ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थ मन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै हिजो संसद् अवरोध गरेको थियो । आजको बैठकमा पनि अवरोध गर्ने एमालेको तयारी छ । मन्त्री शर्माले भने करका दर हेरफेर गरेको भन्ने समाचार तथ्यहीन भएको भन्दै खण्डन गरिसकेका छन् ।
