
Ksb
Ppu
Nsb
Ksb
Rsb
Rks
Usb
Ksb
Gsb
Bsn
Ssb
Ssb
jsb
Csb
Fmb
Tgp

Usb
Ssb
Hl1
Tsb
Gsb

ptl
Rgu
Nps
बारा । बारामा एक किशोरीलाई सामुहिक बाल्त्कार गरेर जबरजस्ती गर्भ तुहाउन लगाएको घटना प्रकाशनमा आएको छ।
प्रसौनी गाँउपालिका वडा नम्बर ५ प्रस्टोकाकी १६ वर्षीय किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर का आन्जदी २५/२६ वर्षका भोला भन्ने दिपक साह र श्यामसन्दर साहले तिन महिना पहिले सामुदाहिक बालात्कार गरेका थिए।
त्यस्तै बाल्त्कार पछि गर्भवती भएकी ती किशोरीलाई आरोपित दुबै युवकले शनिबार राति घरबाट जबरजस्ती लगेर डाक्टर ओमप्रकाश महक्तोकोमा लगेर गर्भपर्तन पनि गराएका छन्। राती अचेत बनाएर गर्भपतन गराएपछि होशमा आएर घर फर्किएका ती किशोरीले आफुसंग भएको ज्यादती बारे अभिभावकलाई जानकारी गराएपछि घटना प्रकाशनमा आएको हो।
आइतबार पिडित किशोरीका अभिभावकले आरोपित दुबै युवक र गर्भपतन गराउने डाक्टर महक्तो विरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएका छन्। किटानी जाहिर परेका आरोपित दुवै युवक र डाक्टर महक्तो फरार रहेको प्रहरीले जनाएको छ। उनीहरुको खोजी भइरहेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए।
यस्तै पिडित किशोरीले आईतबार दिउँसो प्रादेशिक अस्पताल कलैयामा स्वास्थ्य परीक्षण गराएर उनलाई प्रहरीकै संरक्षणमा राखिएको पनि थापाले बताए। पिडित किशोरीकी आमाका अनुसार,बलात्कार तीन महिना पहिले भएको भएपनि आरोपित युवकहरुले ज्यान मार्ने धाकधम्कि दिएर तर्साएका कारण पिडित किशोरीले आफुसंग गरिएको कुकर्म बारे कसैलाई पनि जानकारी गराएकी थिइनन्। तर दुई दिन पहिले अचानक महिनावारी (रजश्वला) रोकिए पछि किशोरीले यस बारे आरोपित युवकहरुलाई भेटेर गर्भभवती भएको बताएकी थिइन् । त्यसपछि ती दुवै युवकले शनिबार राति उनलाई जबर्जस्ती डाक्टर महक्तोकोमा लगेर गर्भपतन गराएका हुन्।
