दाङ । दाङमा प्रहरीले खैरो हिरोईन सहित २ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले गएराति पौने ९ बजेको समयमा घोराहीमा रहेको सुप्रिम होटेल एण्ड फास्ट फुड नास्ता पसलमा कारोबार गर्दैगर्दा पक्राउ गरेको हो ।
त्यस्तै पक्राउ पर्नेमा रुकुमको पुथा–उत्तरगंगा गाउँपालिका–७ का २० वर्षीय विशाल बुढामगर र घोराही उपमहानगरपालिका–१६ का ३० वर्षीय रमेश पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ परेका दुबैजनाको साथबाट प्रहरीले ६ वटा प्लाष्टिकको टुक्रामा राखेको २ ग्राम ३० मिलीग्राम खैरो हिरोइन बरामद गरेको हो ।