
Ssbus
nsm
Sssbus1
Ssbus
ssbus
Pbu
Gsl
tssbus
Bs1
Sssbus1
Ssbus

Asm
Wsp
Bbbpu
Rgu
Vor
Ksm
Gst
nsb
Ssm
Rsb
Bbu
Tsm
Ggd
Hal
Rgs
Rgu
Sbs
Sls
Pvg

Abd
Ptm
Jmb
Pls
Syp
sab
Jmb
bbt
Rmb
Mks
Rpp
Gsb
Bml
दाङ । प्रेस चौतारी दाङले स्थानीय तहको चुनावी समीक्षा बुधवार घोराहीमा सम्पन्न गरेको छ । बैठकले पार्टीका उमेदवारहरुलाई जिताउन संगठनले महत्वपुर्ण भूमिका खेल्न सफल भएको भन्दै निर्वाचनमा खट्ने सबै सदस्यहरुप्रति धन्यवाद ज्ञापन गरेको छ ।
बैठकले नेकपा एमालेबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । बैठकले संगठनका लुम्बिनी प्रदेश कमिटी सदस्य ओमप्रकाश गुप्तालाई तत्काल पूर्व जिम्मेवारीमा बसेर काम गर्ने वातावरण निर्माण गर्न रेडियो राप्ती सञ्चालक समितिको ध्यानाकर्षण गराउने र लामो समयदेखि रोकिएको पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गर्ने निर्णय गरेको चौतारी दाङका सचिव किरण गौतमले जानकारी दिनुभयो ।
बैठकले नेकपा एमालेले जितेका पालिकामा सञ्चारक्षेत्रबाट सहजिकरण गर्ने व्यक्तिका लागि पार्टीका जिल्ला पदाधिकारी, पालिका प्रमुख र उपप्रमुखसँग समन्वय गरेर संगठनले सिफारिस गर्ने निर्णय समेत गरेको छ । राजनीतिक नियुक्ति लिने सदस्यले संगठनमा १० प्रतिशत लेवि बुझाउने निर्णय समेत बैठकले गरेको छ ।
त्यसैगरी प्रत्येक महिनाको अन्तिम शनिवार बैठक बस्ने र त्यसलाई घुम्ती बैठकमा रुपान्तरण गर्ने निर्णय गरेको छ । जेठ २८ गते राप्ती गाउँपालिमा चौतारी दाङको बैठक बस्ने र सो दिन देउखुरी क्षेत्रका पालिकाबाट नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गर्ने निर्णय समेत चौतारीले गरेको छ ।
चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षता एवम् नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा पार्टी सचिव मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुषाल, नेकपा एमाले प्रदेश कमिटी सदस्य शरद अधिकारी, संगठनका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन चौधरीले संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सामूहिक निर्णयका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।
बैठकमा संगठनका लुम्बिनी प्रदेश सह इन्चार्ज टीका बस्नेत, केन्द्रीय सदस्य गणेश आचार्य, सन्तोष दहित, रीता लामा, सन्तोष गुप्ता, नेकपा एमाले चौतारी विभाग प्रमुख संगीत बस्याल, चौतारी लुम्बिनी प्रदेश कमिटी कोषाध्यक्ष ओपेन्द्र बस्नेत, सदस्य विमला घर्ती, ओमप्रकाश गुप्ता, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, चौतारी दाङका सल्लाहकार जे.एन. सागर, उपाध्यक्ष सुधासुमन ढकाल र चौतारी सदस्य निमुसंगम घर्ती लगायतले धारणा राख्नुभएको थियो ।
चौतारी दाङका उपाध्यक्ष प्रेमबहादुर राम्जाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव किरण गौतमले गर्नुभएको थियो ।
