
Pbu
Sssbus1
ssbus
Sssbus1
Ssbus
Bs1
Ssbus
Ssbus
tssbus
nsm
Gsl

Gst
Tsm
Rgu
Bbu
Wsp
Hal
Bbbpu
Rgu
Ksm
Asm
Ssm
Rsb
Vor
Sbs
Sls
Rgs
Ggd
Pvg
nsb

Syp
Abd
Jmb
Rmb
Pls
Rpp
Gsb
bbt
Jmb
sab
Bml
Ptm
Mks
दाङ । लमही नगरपालिकाका सदस्यहरु निर्बिरोध निर्बाचित भएपछी कार्यपालिका सदस्यहरुको सोमबार टुँगो लागेको छ ।
नगरका १ वडाध्यक्ष बाहेक अन्य प्यानल सहित काँग्रेसले जितेपछि कार्यपालिकामा पनि काँग्रेसले क्लिनस्विप गरेको छ । ८ जना सदस्यहरु सर्बसहमतीबाट निर्वाचित भएपछि नगर कार्यपालिकाले पुर्णता पाएको हो ।
प्राबधान अनुसार प्रमुख,उपप्रमुख सहित निर्बाचित वडाध्यक्षहरु स्वत कार्यपालिका सदस्य हुन । त्यस्तै निर्बाचित महिला सदस्य ५ र दलित समुदायबाट ३ जना कार्यपालिका सदस्य हुने प्राबधान छ भने प्रमुख प्रशासकीय अधिकृत कार्यपालिकाको सचिब हुने प्राबधानमा उल्लेख छ ।
यस्तै समग्रमा लमही नगरपालिकामा सचिब सहित १९ जना सदस्य रहेका छन् । कार्यपालिका सदस्यहरुमा महिला वडा सदस्यबाट वडा नं १ कि किरण चौधरी, २ की सुनिता कुमारी चौधरी, ५ कि चन्द्रा चौधरी, ८ की देवा परियार र ९ कि पार्वती विश्वकर्मा रहेका छन् ।
त्यस्तै अल्पसंख्यक समुदायबाट लमही नगरपालिका वडा नं. ३ का लाल बहादुर नेपाली, ४ की तुलसी विक र ६ का अल्पसंख्यकबाट भविराज सुनुवार निर्विरोध निर्वाचित भएका छन् । निर्बाचित कार्यपालिका सदस्यहरुलाई प्रमाणपत्र बितरण गर्दै नगरप्रमुख जोगराज चौधरीले सपथ खुवाएका हुन् ।
कार्यक्रमको सहजिकरण लमही नगरपालिका प्रशासन प्रमुख महेश थापाले गरेका थिए । यो भन्दा अगाडि नगरका उपमेयर देखि वडाध्यक्ष हरु पदिय जिम्वेवारीमा नियुक्त भईसकेका छन् ।
