
Ppu

Hl1
Tsb
Gsb
Ssb
Usb

Rgu
ptl
Nps
दाङ । केही दिनअगाडि गढवा गाउँपालिका अपडेट नामक अनधिकृत फेसबुक पेजबाट गढवा गा.पा. निवर्तमान अध्यक्ष श्री सहज राम यादवको नाम जोडेर जातीय सदभाव खलल पार्ने खालका शब्द सम्प्रेषण भएको हुँदा यादव समाज सेवा संघ दाङको गम्भीर ध्यानाकर्षण भएको छ।
यादव समाजसँग गढवा देउखुरी दाङले एक विज्ञाप्ति मार्फत लेख्दै उक्त पेजमा लेखिएको स्टाटसले जातीय सदभाव भड्काउने हर्कतका साथ समाजिक सञ्जालमा कसैले कसैको अपमान हुनेगरी शब्द प्रयोग गर्ने अधिकार कानुनत: कसैलाई नरहेको भनिएको छ।
यसरी गैरकानुनी ढंगले कसैको नाम जोडेर सामाजिक सञ्जालमा असभ्य,जातीय सदभाव खलल पार्ने शब्दको प्रयोग गरिनु दुःखद र निन्दनीय कार्य भएको भन्दै हाम्रो यादव समाज सेवा संघ दाङको ठहर रहेको भनी उक्त विज्ञाप्तीमा भनिएको छ।
यसरी त्यस प्रकारको हर्कत अपनाउने व्यक्तिको घोर भ्रतसन् गर्दै उक्त व्यक्तिको पहिचान गरी कानुन सम्मत उचित कारबाही गर्न सम्बन्धित निकाय समक्ष मागको लागि गम्भीर ध्यानाकर्षण देखाइएको छ।विज्ञाप्तीको पूर्णपाठ:

