
nsm
ssbus
tssbus
Gsl
Ssbus
Sssbus1
Ssbus
Sssbus1
Pbu
Ssbus

Pvg
Bbu
Hal
Wsp
Vor
Rgu
Rsb
Ssm
Gst
nsb
Ksm
Asm
Sbs
Rgs
Bbbpu
Sls
Rgu
Tsm
Ggd

Bml
Syp
bbt
Mks
Jmb
Jmb
Rpp
Abd
Rmb
Pls
Ptm
sab
Gsb
दाङ । लमही चेम्बर अफ कमर्सले निर्बाचित जनप्रतिनिधीलाई बिहिवार स्वागत गर्दै सम्मान गरेको छ ।
लमही चेम्बर अफ कमर्समा आबद्द रहेका जनप्रतिनिधीहरुलाई सम्मान गरिएको हो । लमही चेम्बर अफ कमर्सका सँस्थापक सदस्य तथा सल्लाहकार श्याम नारायण चौधरी लमही वडा नम्बर ६ को वडाध्यक्षमा निर्बाचित भएका छन ।
त्यस्तै सँस्थाको महासचिब केशब अधिकारी र सँस्थापक सदस्य हरिराम चौधरी लमही ५ को वडा सदस्य र सँस्थाको सह कोषाध्यक्ष प्रमोद बस्नेत राजपुर गाउँपालिका वडा नम्बर ७ को वडा सदस्यमा निर्बाचित भएका छन । यिनै ४ जना जनप्रतिनिधी हरुलाई स्वागत तथा सम्मान गरिएको हो । उनिहरु सबै नेपाली काँग्रेसबाट निर्बाचित जनप्रतिनिधी हुन । सँस्थाका अध्यक्ष अजय न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा समग्र सँस्थाको काँधमा जिम्बेवारी आएकोले कुनै आँच नआउने गरी जनताको जनप्रतिनिधी बनेर काम गर्न हौसाए ।
सँस्थाको नाम उच्च रहने गरि पार्टी भन्दा माथी उठेर काखा पाखा नगरी जनताको काममा निरन्तर तल्लिन रहन आग्रह गरे । सँस्थाका बरिष्ठ उपाध्यक्ष सितल भुषालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सँस्थाकि सदस्य कमला चुँडाली लगायतका बक्ताले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण शिबराज खनालले गरेका थिए ।

