
ssbus
Pbu
Ssbus
Bs1
Ssbus
Ssbus
Gsl
Sssbus1
tssbus
nsm
Sssbus1

Ssm
Bbu
Ggd
Asm
Rsb
Hal
Bbbpu
Rgs
Sbs
Tsm
Wsp
Vor
Rgu
Ksm
nsb
Rgu
Pvg
Gst
Sls

Mks
Rpp
Jmb
bbt
sab
Gsb
Bml
Abd
Jmb
Ptm
Pls
Syp
Rmb
दाङ । तुलसीपुर उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका टिकाराम खड्का विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी सत्ता गठबन्धनका नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई ३६९१ मतले पराजित गरेका हुन् । उनले ३१४०८ मत प्राप्त गरेका छन् । गठबंधनका मेयरका उम्मेदवार गेहेन्द्र गिरिले २७७१७ मत प्राप्त गरेका छन।
कम्युनिष्ट पार्टी भित्र बर्गउत्थान भएका नेता तथा कार्यकर्ताहरुले विपरित बर्गको स्वार्थसंग आत्मसमर्पण गर्ने, प्रलोभनमा पर्ने,उनीहरुकै एजेन्ट भएर आफ्नो बर्गलाई धोका दिने प्रबृति हावी भएको अबस्थामा टिकाराम खड्का जस्ता व्यक्ती पार्टीमा विरलै भेटिन्छन् ।
यस्तै व्यक्तीहरुले नै अहिले कम्युनिष्ट आन्दोलन पतन हुनबाट जोगाएका छन् । उनी तुलसीपुर–१८ स्थित एक्कासी गाउँको ऐलानी जग्गामा बस्छन् । उनको परिवारको नाममा अहिलेसम्म जग्गा छैन । उनका वुबाले जोतभोग गरेको ५/ ७ कठ्ठा ऐलानी जग्गा छ, त्यही जग्गामा उनीहरुले जोतभोग गर्दै आएका छन् । त्यस्तै उपमेयरमा नेकपा एमालेकै स्यानी चौधरी भारी मतान्तरले विजयी भएकी छिन् । उनले ३०५९७ मत प्राप्त गरेर विजयी भएकी हुन् ।
स्यानी राजनितिक पृष्ठभूमि भन्दा बाहिर रहेर काम गरेकी व्यक्ति हुन् । उनी एउटा सामान्य परिवारकी हुन् । उनले सानैदेखि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभूत आवश्यकताका लागि आवाज उठाउदै आएकी छिन् । स्यानी एउटा विशुद्ध सामाजिक कार्यकर्ता हुदै अहिले तुलसीपुरको उपमेयरमा भारी मतान्तरले विजयी भएकी छिन् । गठबन्धनका उपमेयरका उम्मेदवार जोग बहादुर रानाले २१०६५ मत ल्याएका छन। राना एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दाङ ईन्चार्ज हुन।
