Sidha Patra बुधबार, जेठ ११, २०७९

दाङ । तुलसीपुर उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका टिकाराम खड्का विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी सत्ता गठबन्धनका नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई ३६९१ मतले पराजित गरेका हुन् । उनले ३१४०८ मत प्राप्त गरेका छन् । गठबंधनका मेयरका उम्मेदवार गेहेन्द्र गिरिले २७७१७ मत प्राप्त गरेका छन।

कम्युनिष्ट पार्टी भित्र बर्गउत्थान भएका नेता तथा कार्यकर्ताहरुले विपरित बर्गको स्वार्थसंग आत्मसमर्पण गर्ने, प्रलोभनमा पर्ने,उनीहरुकै एजेन्ट भएर आफ्नो बर्गलाई धोका दिने प्रबृति हावी भएको अबस्थामा टिकाराम खड्का जस्ता व्यक्ती पार्टीमा विरलै भेटिन्छन् ।

यस्तै व्यक्तीहरुले नै अहिले कम्युनिष्ट आन्दोलन पतन हुनबाट जोगाएका छन् । उनी तुलसीपुर–१८ स्थित एक्कासी गाउँको ऐलानी जग्गामा बस्छन् । उनको परिवारको नाममा अहिलेसम्म जग्गा छैन । उनका वुबाले जोतभोग गरेको ५/ ७ कठ्ठा ऐलानी जग्गा छ, त्यही जग्गामा उनीहरुले जोतभोग गर्दै आएका छन् । त्यस्तै उपमेयरमा नेकपा एमालेकै स्यानी चौधरी भारी मतान्तरले विजयी भएकी छिन् । उनले ३०५९७ मत प्राप्त गरेर विजयी भएकी हुन् ।

स्यानी राजनितिक पृष्ठभूमि भन्दा बाहिर रहेर काम गरेकी व्यक्ति हुन् । उनी एउटा सामान्य परिवारकी हुन् । उनले सानैदेखि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभूत आवश्यकताका लागि आवाज उठाउदै आएकी छिन् । स्यानी एउटा विशुद्ध सामाजिक कार्यकर्ता हुदै अहिले तुलसीपुरको उपमेयरमा भारी मतान्तरले विजयी भएकी छिन् । गठबन्धनका उपमेयरका उम्मेदवार जोग बहादुर रानाले २१०६५ मत ल्याएका छन। राना एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दाङ ईन्चार्ज हुन।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]