
Bsn
Csb
Ssb
Rsb
Ksb
Gsb
Ppu
Ssb
Usb
jsb
Nsb
Tgp
Rks
Ksb
Fmb
Ksb

Hl1
Tsb
Gsb
Usb
Ssb

ptl
Rgu
Nps
दाङ । घोराही उपमहानगरपालिकाका नव निर्वाचित प्रमुख नरुलाल चौधरीले यहाँको आर्थिक सबलीकरणका लागि निजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले आज बिहान आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले निजि क्षेत्रसँगको सहकार्य बिना विकास सम्भव नभएको बताउनुभयो । समृद्ध घोराही बनाउनका लागि निजि र सहकारीको माध्यमबाट नगर संचालन गर्ने, बेलुकी ७ नबज्दै बन्द हुने बजारलाई राति अबेरसम्म खुलाउन योजनावद्ध ढंगले अघि बढ्न आफुहरु तयार रहेकाले यो काममा निजि क्षेत्रले सहयोग गर्नुपर्ने बताउनुभयो ।यस्तै,उहाँले घोराही ३ र ५ मा पर्ने लक्ष्मीपुर औद्योगिक क्षेत्रका काम छिटो अघि बढाउन छिटै नै केन्द्रमा ध्यानाकर्षण गर्न जाने बताउनुभयो ।
घोराही ८ मा निर्माण हुने भनिएको विमानस्थलको काम पनि अघि बढाउन सार्थक पहल हुने बताउनुभयो । विमानस्थल बनाउन सर्वेको काम सकिएकाले अब डिपिआरको काम अघि बढ्ने चरणमा रहेको उहाँको भनाई थियो । राम्रो काम गर्दा कहीकतैबाट विरोध हुनु स्वाभाविक हो, तर स्थानीय जनतालाई व्यवस्थापन गरेरै अघि बढ्नुपर्छ । तत्कालका लागि विरोध होला तर विमान स्थल बन्यो भने जिल्लाको समग्र विकासमा ठुलो टेवा पुग्छ, यसमा निजि क्षेत्रले साथ दिन जरुरी छ, उहाँले भन्नुभयो । नारायणपुरमा विमानस्थल बनाउँदा तुलसीपुरको पनि निरन्तर संचालनमा ध्यान दिईने बताउनुभयो ।
यस्तै, घोराही( स्वर्गद्वारी केबुलकार संचालनको काम अघि बढाउने, अन्तर जिल्ला व्यापार सम्बन्ध बलियो बनाउन अब कुनै पनि हालतमा ढिलाइ नहुने बताउनु भयो । उहाँले अबको पाँच वर्षे कार्यकालमा यहाँको आर्थिक विकास र समृद्धिका लागि विशेष प्राथमिकतामा रहेको स्पष्ट पार्नुभएको छ । संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा निजि क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । संघका सदस्य विष्णुप्रसाद रिजालले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजीकरण महासचिव महेन्द्र बुढाथोकीले गर्नुभएको थियो ।
