
Sssbus1
Pbu
Ssbus
Gsl
Bs1
ssbus
Sssbus1
tssbus
Ssbus
Ssbus
nsm

Vor
Rgu
Gst
Pvg
Ggd
Tsm
Hal
Bbbpu
Bbu
Asm
nsb
Wsp
Rsb
Sbs
Sls
Rgs
Ssm
Ksm
Rgu

Ptm
Syp
Bml
Rpp
sab
Pls
Mks
Gsb
bbt
Abd
Jmb
Rmb
Jmb
दाङ । जनता समाजवादी पार्टी लमही नगरपालिका वडा नम्बर ८ को वडा कमिटीले स्थानीय तह निर्वाचन २०७९ को समिक्षा गरेको छ ।
शनिबार वडा कमिटीले सतबरियाको बिच्का गाउँमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई जुटाएर एक कार्यक्रमको बीचमा चुनावको समिक्षा गरेको हो ।
जसपाले बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा लमही नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदको उम्मेदवारमा रामबहादुर चौधरीलाई उठाएको थियो भने वडा सदस्यहरुमा रामकृष्ण चौधरी,मिना चौधरी,दलित महिला सदस्यमा रोजिना परियार रहनु भएको थियो ।
समिक्षा कार्यक्रममा जसपाका संघीय परिषद सदस्य प्रकाश चौधरीले वडा नम्बर ८ मा आफुहरुले चुनाव जित्ने निश्चित भएको भएपनि मौन अवधिमा आन्तरिक रुपमा अन्य पार्टीले आर्थिक चलखेल गरेर लाता सोझा जनतालाई अलमलाई दिएको हुँदा आफुहरुले जितेको चुनाव पनि हार्नु परेको बताउनु भएको छ ।
त्यस्तै चौधरीले यो चुनावबाट आफुहरुले नयाँ अभ्यास गरेको हुँदा अब आउँदो संघ र प्रदेशको निर्वाचनमा दत्तचित्त भएर लाग्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।
यसैगरी वडा नम्बर ८ का वडा अध्यक्ष पदका प्रत्यासी रामबहादुर चौधरीले यो स्थानीय तहको निर्वाचनबाट आफुले ठुलो अभ्यास गर्न सकेको बताउनु भयो । यसबाट मैले धेरै ठुलो अभ्यास गरेको छु अब आउँदो संघ र प्रदेशको निर्वाचनमा अहोरात्र खट्दै आफ्ना सम्पूर्ण वडाका कार्यकर्तालाई एक जुट बनाएर अघि बढ्ने बताउनु भएको छ ।
त्यस्तै उहाँले आफुलाई विस्वास गरेर आफ्नो अमुल्य मतदान गर्नु हुने सम्पूर्ण मतदातालाई हार्दिक धन्यवाद दिदै चुनावको समय प्रचारप्रसारमा अहोरात्र खट्ने पार्टीका नेता तथा कार्यकर्तालाई पनि विशेष धन्यवाद व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा जसपा लमही नगर कमिटीका इन्चार्ज किशोर कुमार घर्ती मगर,जिल्ला सदस्य रामकृष्ण चौधरी लगायतको उपस्थिति रहेकोे कार्यक्रमको संचालन जसपा लुम्बिनी प्रदेश कमिटीका सचिव लक्ष्मी चौधरीले गर्नु भएको थियो ।

