Sidha Patra मंगलबार, जेठ ०३, २०७९

दाङ । घोराही उपमहानगरपालिकामा नेकपा एमालेले अग्रतालाई थप फराकिलो बनाउँदै लगेको छ ।

एमालेका मेयर उम्मेदवार नरुलाल चौधरी माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)भन्दा ३ हजार मतले अघि छन् ।

चौधरीले १८ हजार ५२१ मत प्राप्त गर्दा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार शर्माले १५ हजार ५ सय २१ मत प्राप्त गरेका छन् ।

उपप्रमुख पदमा पनि नेकपा एमालेले अग्रता लिएको छ । एमालेकी हुमा डिसीले १७ हजार ७१८ मत प्राप्त गरेकी छन् । डिसी २४३ मत अन्तरले अघि छिन् । उपप्रमुखमा कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीले १७ हजार ४७५ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म ४४ हजार ६ सय मत गणना भइसकेको छ ।

हालसम्म वडा नं. १, २, १३, १४, १६, १७, १८ र १९ को मत गणना सम्पन्न भइसकेको छ । वडा नं. ३, ४, ९, १०, ११, १२ र १५ मा मत गणना जारी छ ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]