दाङ । दंगिशरण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कंग्रेसले जित हासिल गरेको छ। अध्यक्षमा शम्भु गिरी र उपाध्यक्षमा पिमा खड्का ओली निर्वाचित भएका छन्।
त्यस्तै उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार मेघनाथ शाह (एमएन) अध्यक्षमा र बुधनी चौधरी उपाध्यक्षमा पराजित भएका छन्।
पालिकामा रहेका ७ वडामा कंग्रेसले १,३,६ र नेकपा एमालेले चार वटा वडा २,४,५,७ जितेको छ। २०७४ को निर्वाचनमा नेकपा एमालेले पालिका अध्यक्ष र एउटा वडा जितेको थियो ।