दाङ । स्थानीय तह निर्वाचन अन्तर्गत नेपाली काङ्ग्रेसका राजपुर गाउँपालिका अध्यक्ष पदका उम्मेदवार शरद बुढाथोकीले आफ्नो अग्रतालाई कायम राखेका छन्।
रात्री प्रावि गंगदीमा जारी मतगणनाका क्रममा बुढाथोकीले हालसम्म ३ हजार ६ सय ९३ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी गोलाकार भित्र हँसिया हथौडाका(नेकपा माओवादी केन्द्र) चक्र बहादुर खड्का (शिखर)ले जम्मा ३ हजार ४ मत पाएका छन्।
दुवैबीच बुढाथोकीले ६ सय ८९ मतको अन्तर कायम राखेका हुन्। यसैगरी नेपाली काँग्रेस उपाध्यक्षकी उम्मेदवार धनपति देवी यादवले ३ हजार ५ सय ६८ मत पाएकी छन्।
उनीसँग सो पदमा प्रतिस्पर्धा गरिरहेका गोलाकार भित्र हँसिया हथौडाका(नेकपा माओवादी केन्द्र) का उम्मेदवार पुष्पा यादवले ३ हजार १ सय ५६ मत पाएका छन्। हाल राजपुर गाउँपालिकाको ७ वटा वडामध्ये १, २, ३, ४, ६ र ७ बाट मतगणना भइसकेको छ भने वडा नम्बर ५ काे मतगणना भइरहेको छ। हालसम्म करिब १० हजार ८ सय ९७ मत गणना भएको छ।