दाङ । लमही नगरपालिकामा नेपाली काङ्ग्रेसले निरन्तर अग्रताको बर्चस्व कायम गरेको छ ।
सुरुवात देखि नै अग्रता सहित लिड गरिरहेको नेपाली काँग्रेसले १,५,९,६,८ र २ को ९ हजार २ सय मत गन्दा ८ सय मतले अगाडि छ ।
माओबादी केन्द्रका बसन्तराज शर्मा बिक्रान्तले २६ सय ५६ मतले पछ्याउदै गर्दा नेपाली काङ्ग्रेसका जोगराज चौधरीले ३४ सय ५६ मतले अग्रता लिईरहेका छन । त्यस्तै एमालेका दण्डीराम चौधरीले भने २२ सय ५८ मत सहित पछ्याउदै छन ।
उपमेयर पदमा पनि काङ्ग्रेस हाबी बनेको छ । काङ्ग्रेसकि लक्ष्मी योगीले आफ्ना प्रतिद्वण्डी एमालेकि शुसिला शर्मालाई १ हजार ६७ मतले पछि पारेकि छिन । योगीले ३३ सय ६६ मत पाउँदा शर्माले २२ सय ९९ मत प्राप्त गरेकि छन । त्यस्तै माओबादी केन्द्रकि गँगा पाण्डेले १९ सय ८४ मत सहित पछ्याउँदै छन ।
अहिले सम्म लमही नगरका ९ वडा मध्य वडा नम्बर ९ र १ मा नेपाली काङ्ग्रेस प्यानल बिजयी बनेको छ भने ५ नम्बरमा माओबादी केन्द्रबाट वडाध्यक्ष र काङ्ग्रेसबाट ४ सदस्य निर्बाचित भएका छन । २०७४ को निर्बाचनमा लमही नगर एमालेले जितेको थियो । अहिले त्यस्रो हुने सम्भावना बढेको छ ।