Sidha Patra सोमबार, जेठ ०२, २०७९

दाङ । बंगलाचुली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका तुलसीराम पुन (सुवास) र उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जीसी निर्वाचित भएका छन् ।

अध्ययक्ष पुन ५ हजार ७४९ मत ल्याउँदै निर्वाचित भएका भए । उनले निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भेषराज खत्रीलाई १ हजार ९७१ मत अन्तरले हराए । एमालेका उम्मेदवार खत्रीले ३ हजार ७७८ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जिसी विजयी भए । उनले ५ हजार ९४५ मत ल्याएका छन् । एमालेकी उम्मेदवार सरस्वती घर्तीले ३ हजार २६५ मत पाइन् ।

यस्तै २०७४ सालको स्थानीय तह निर्वाचनमा बंगलाचुलीमा अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादी केन्द्रले जितेको थियो । यसपटक कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए ।

आठ वटा वडाहरुमध्ये काङ्ग्रेस र माओवादीले चार–चारवटा वडा जितेका छन् । त्यस्तै बंगाचुलीमा कूल १० हजार ७०० मत खसेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]