दाङ । दाङको बबई गाउँपालिका वडा नम्बर २ मा नेपाली काङ्ग्रेसको पुरै प्यानल विजयी भएको छ । वडा नम्बर २ को वडाध्यक्षमा काङ्ग्रेसका टेकबहादुर वलीले ९१३ मत ल्याउँदै विजयी भएका हुन् ।
त्यस्तै उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका एकलाल घर्तीले ६६६ मत पाए ल्याएर पराजित भएका हुन् ।
त्यसैगरी खुल्ला सदस्यमा हरिबहादुर वली र टिकाराम खत्रीले जितेका छन् भने महिला सदस्यमा प्रेमा डाँगी,दलित महिला सदस्यमा गिता परियार विजयी भएका छन् । बबई गाउँपालिकाको प्रमुख र उपप्रमुखमा पनि नेपाली कांग्रेसका कुलबहादुर खत्री र बमकुकारी खड्काको अग्रता छ।