दाङ । दाङको बबई गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ । बबई गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार प्रेम बहादुर डाँगी सहित पुरै प्यानल विजय भएको हो ।
डाँगीले ६६८ मत प्राप्त गरी वडाध्यक्षमा विजय भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका यज्ञबहादुर बिष्टले ५५७ मत प्राप्त गरेका थिए ।
त्यसैगरी सदस्यमा गौरी पुन ६६४ ,शान्ता परियार ६५७, चन्द्र रागु ६४९ र रमेश कुवरले ६६४ मतहित विजयी भएका छन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा भने नेपाली कांग्रेसले लिड गरेको छ ।