दाङ । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसबाट बिष्णु कुँवर विजयी भएका छन् । उनले ५ सय ५० मत ल्याएर बिजयी भएका हुन ।
त्यस्तै उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेवार पुष्पराज भण्डारीले ४ सय ७९ मत ल्याएर पराजित भएका हुन । वडा नम्बर १ मा नेपाली कांग्रेस र माओवादी केन्द्रविच गठबन्धन रहेको थियो ।
त्यस्तै गठबन्धनले गाउँपालिकामा समेत अग्रता कायम गर्दै आएको छ । गठबन्धनबाट गाउँपालिका अध्यक्षमा माओवादीका तुलसीराम पुन र नेपाली कांग्रेसबाट भक्तबहादुर जिसी उपाध्यक्षमा अग्रता कायम गरिरहेका छन् ।