
Sssbus1
Pbu
Ssbus
tssbus
nsm
Ssbus
ssbus
Bs1
Gsl
Sssbus1
Ssbus

Tsm
Pvg
Hal
Sbs
Wsp
Sls
Rgs
Bbbpu
Rgu
nsb
Vor
Ggd
Bbu
Rsb
Asm
Gst
Ksm
Ssm
Rgu

Rmb
Jmb
Syp
Abd
Gsb
Mks
bbt
Bml
Pls
Ptm
Rpp
Jmb
sab
दाङ । घोराही उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार नरुलाल चौधरीले आफू घोराहीको मेयर पदमा बहाल रहेको बेला आर्थिक अनियमितता गर्नुका साथै लाखौ बेरुजु रकम फर्छ्यौट गर्न ध्यान नदिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
यसअघि मेयर पदमा रहँदा अनियमितता गर्नुका साथै बेरुजु फर्छ्यौट गर्न नसकेका उम्मेदवार चौधरी फेरि मेयर जितेर आएमा आफू विरुद्धका प्रमाण नष्ट गर्न सक्ने भन्दै तत्काल घोराही उपमहानगरपालिकाका कागजपत्रहरु नियन्त्रणमा लिई छानविन गर्न माग गरिएको छ ।
भ्रष्टाचार विरोधी अभियान घोराहीमा आवद्ध नागरिकहरुले यही बैशाख १५ गतेको मितिमा अख्तियारलाई दिइएको उजुरीमा मेयरका उम्मेदवार नरुलालले घोराहीमा अनियमितता गरेको र महालेखा परिक्षक कार्यालयले औल्याएका बेरुजु फर्छ्यौट नगर्दै उम्मेदवारी कायम भएको जनाइएको छ ।
महालेखा परिक्षकको वार्षिक प्रतिवेदनमा घोराही उपमहानगरपालिकामा विग्रेर थन्किएका गाडीमा लाखौं रुपैयाको तेल हालेको बिल बनाएर आर्थिक दुरुपयोग भएको, विभिन्न योजनाहरुको बजेटमा अनियमितता भएको तथा विभिन्न शिर्षकका रकम असुल उपर गर्न निर्देशन भए पनि बेरुजु कायम भएकै अवस्थामा नरुलाल चौधरीको उम्मेदवारी खारेज नगरी कायमै राखिनु दुखःद भएको जनाउँदै तत्काल उपमहानगरका कागजपत्र नियन्त्रणमा ल्याई छानविन गर्न माग गरिएको छ ।
अख्तियारले उपमहानगरका कागजपत्र नियन्त्रणमा लिई छानविन गर्दा दोषी देखेमा अभियोग दर्ता गर्न सक्नेछ । निजकाविरुद्ध अभियोग दर्ता भएमा नरुलाल चौधरीको उम्मेदवारी रद्ध हुन सक्नेछ । निज चौधरीले मेयर जितेपछि पनि अभियोग लागेमा निजको पद नै जान सक्ने छ ।घोराहीमा एमालेका नरुलाल चौधरी बाहेक मेयर पदमा नेकपा (एकीकृत समाजवादी)बाट पार्टीका केन्द्रीय सदस्य रामप्रसाद चौधरी, नेपाली कांग्रेस र माओवादी गठबन्धनवाट हेमराज शर्मा ‘डायमण्ड’, विवेकशील साझाबाट सूर्यप्रसाद पौडेल, राप्रपाबाट सरिता देवकोटा, मालेबाट नेत्रप्रसाद पाण्डेय, मंगोल अर्गनाइजेसनका कल्पना चौधरी, नेपाली कांग्रेस विपीका गोविन्द शर्मा, मौलिक जरोकिलो पार्टीका दीर्घराज भण्डारी, स्वतन्त्रबाट लिलाबहादुर पुनसहित १४ जना मेयर पदमा उम्मेदवार बनेका छन् । दृष्टि-न्युजवाट
