
tssbus
Bs1
Sssbus1
Ssbus
Pbu
Gsl
ssbus
Ssbus
Ssbus
Sssbus1
nsm

Bbu
Vor
Ssm
nsb
Rgu
Ggd
Rgs
Hal
Pvg
Rgu
Ksm
Bbbpu
Wsp
Sls
Tsm
Sbs
Gst
Asm
Rsb

Syp
Pls
Jmb
Mks
Rpp
Ptm
Rmb
Bml
sab
Abd
Jmb
Gsb
bbt
दाङ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि दाङ आउनुहुने भएको छ । पालिका तह चुनावलाई सम्बोधन गर्न नेपाली कांग्रेसका पार्टी सभापति समेत रहनुभएका देउवा र प्रचण्ड दाङ आउन लाग्नुभएको हो ।
घोराही र तुलसीपुर उपमहानगरपालिकाको यही २५ गते आइतबार घोराही र तुलसीपुरमा आयोजना गरेको चुनावी सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
संयुक्त चुनावी गठबन्धन मार्फत पालिका तहको चुनावमा होमिएकाले चुनावी सभालाई संयुक्त रुपमा सम्बोधन गर्न प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डसहित केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गर्ने छन् ।
घोराही र तुलसीपुरमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरिएको समेत समितिले जनाएको छ । जिल्ला समन्वय समितिको दक्षिण तर्फको शहीदमञ्चमा बृहत कार्यक्रम आयोजना गरीएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड घोराहीमा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम तय गरिएका छ ।
