
Csb
Ssb
Ppu
Rsb
Gsb

Tsb
Ssb

Nps
Rgu
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्ष पदको लागि नेपाली काङ्ग्रेस छोडेर स्वतन्त्र उम्मेदवारी दिनु भएका रामवरण यादवले उम्मेदवारी फिर्ता लिनु भएको छ ।
यादवले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी दिनु भयो । यादव नेपाली काङ्ग्रेसका क्रियासिल सदस्य समेत हुनुहुन्छ । उहाँ आसन्न स्थानीय तहको निर्वाचनमा राजपुर गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्ष पदको उम्मेदवार दिनु भएको थियो ।तर पार्टीले यादव समुदायकै अर्का रामवरण यादवलाई वडाध्यक्षको टिकट दिए पछि उहाँ रुष्ट बन्नु भएको थियो ।
लामो समयदेखि नेपाली काङ्ग्रेस पार्टीमा आवद्ध रहि विभिन्न जिम्मेवारी बहन गर्दै आएको र पार्टीले टिकट नदिएकोले आफू स्वतन्त्र उम्मेदवार बनेको प्रेस विज्ञप्तिमा लेख्नु भएको छ । नेताहरुको आग्रहमा स्वतन्त्र उम्मेदवारि फिर्ता लिएको र वडाध्यक्ष पदका उम्मेदवार रामवरण यादवलाई समर्थन गरि सम्पुर्ण मतदातालाई रुख चिन्हमा छाप लगाई बिजय गराउन समेत अनुरोध गर्नु भएको छ ।
