इराधा झाक्री मगर/भालुबाङ्ग बुधबार, बैशाख २१, २०७९

दाङ । बैशाख ३० गते देखि हुन लागि रहेको स्थानीयटहको चुनाबमा राप्ती गाउँपालिको भालुबाङमा प्रचार – प्रचार तिब्रता दिएका छन । अहिले नेपाली काङ्ग्रेस र एमाले छुट्टा – छुट्टै चुनाबी मैदानमा छन भने नेकपा माओबादी केन्द्र र जन्मोर्चा तथा जन्ता समाजबादि र एकीकृत समाजबादी गठबन्धन रहेको छ ।

यसै गरि राप्ती गाउँ पालिका अध्यक्षमा नेकपा एमालेबाट जगत प्रसाद पोख्रेल र उपाध्यक्ष कमलापती चौधरीको उमेदवारि रहेको छ भने नेकपा माओबादी केन्द्र र जनमोर्चाको संयुक्त प्यानलबात प्रकाश बिष्ट र थाकुर प्रसाद आचार्य लाई अगादी सारेका छ्न । काङ्ग्रेसबाट राप्ती गाउँ पालिकाको पुर्ब उपाध्यक्ष जगदम्बा, चौधरी र नेपालि काङ्ग्रेस कै बुद्धि प्रकाश चौधरीले पनि बागी उमेदवारि दिएका छ्न ।

त्यसै गरि लोकतान्त्रिक समाजबादी र एकीकृत समाजबादी तर्फबाट टोप बहादुर कार्कीले उमेदवारी दिएको छ भने राप्ती गाउँ पालिका मङ्गोल नेशनल अर्गनाइजेसनको तर्फबाट शोभाराम बुदा मगरको समेत उमेदवारी परेको छ । यति बेलाको माहोलमा एमाले र माओबादि गठबन्दनको प्यानलहरु चुनाब मैदान होडबाजिको माहोलमा छ्न।

यता राप्ती गाउँपलिका वडा स्तरमा नेकपा नेकपा एमाले वडा अध्यक्ष गेमबहादुर खड्का,सदस्य आत्मराम पौडेल ,सदस्य चमानसिङ खत्री,महिला सदस्य पार्वती चौधरी र दलितमा रन्जना सुनाम लगायत को उमेदवारि रहेको छ । अध्यक्ष गेम बहादुर खड्का अनुसार स्थानीयटहको चुनाब बेग्लै खालको रहेको छ र अरु नेता जस्तो हामी आश्वासन दिन चाहान्नौ राम्रो मान्छे चिन्नुस तब भोत हाल्नुस भन्नू भएको छ ।

यसैगरी जन्ताहरुले पनि जस्ले काम गर्छ उसैलाई भोत पनि भनेका छ्न भने राप्ती गाउँपालिकाको चुनाब प्रचारमा आम जनताको घर – घरमा यो गाउँ ठाउँ आफै बनाउ एक चोती काम गर्नेलाई हेरौ भन्ने चुनाबी प्रचार र भोत कसरी हाल्ने लगायतको बग्लै प्रचार रहेको थियो । भालुबाङ, पखापानी ,र चैते लगायत ठाँउहरुमा पार्ती जो सुकै होस घर- घर ब्यापक प्रचार रहेको छ । र यति बेला राम्रो काम गर्ने नेता चुन्न अहिलेको जन्ताको पनि आबश्यता छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]