Sidha Patra सोमबार, बैशाख १९, २०७९

दाङ । दाङमा स्थानीय तह निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी गरि साढे ६ हजार जनशक्ति परिचालन हुने भएको छ । ३ हजार ६ सय ८८ जना कर्मचारी र ३ हजारसुरक्षाकर्मी गरि ६ हजार ६ सय ८८ जना जनशक्ति निर्वाचनमा खटिने भएका हुन् ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अनुसार ४ सय ८१ मतदान केन्द्रका प्रत्येक मतदान केन्द्रमा ८ जनाको दरले कर्मचारी खटिने छन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य तीन जना कर्मचारी र ३ जना स्वयसेवक परिचालन हुने कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ ।
निर्वाचनका लागि निजमाती कर्मचारी, शिक्षकहरु परिचालन हुदैछन ।

त्यस्तै नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरि ३ हजारको हाराहारीमा सुरक्षा कर्मीहरु परिचालन हुने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभएको छ । थप सुरक्षाकर्मीहरु समेत तयारी अबस्थामा राखिने र आबस्यक पर्ने ठाउँमा तत्काल परिचालन गरिने योजना सहित सुरक्षा योजना तयार पारिएको उहाँको भनाई छ । यसैगरी, नेपाली सेनाले बम डिस्पोजल टोलीलाई समेत तयारी अबस्थामा राख्ने बताएको छ ।

निर्वाचन सुरक्षा कार्य योजना बनाएर निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आवश्यक सबै तयारी पुरा गरेर सुरक्षाकर्मीहरु परिचालन गरिएको दाङमा प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभएको छ । दाङमा ४ लाख ९ हजार ९ सय २ जना मतदाता रहेका छन् भने मतदान स्थल १ सय ५३ वटा र केन्द्र ४ सय ६१ निर्धारण भएको छ ।मतदाताहरुलाई मतदाता परिचय पत्र बैशाख २८ र २९ गते सम्बन्धीत मतदान स्थलबाट बितरण गरिने छ । सोही दिन नै मतदाता शिक्षा समेत चलाईने निर्वाचन कार्यालयको तयारी छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]