दाङ । बैशाख ३० गते हुन लागेकाे स्थानीय तह निर्वाचनका लागि दाङमा आज मतपत्र आईपुगेकाे छ । निर्वाचन आयाेगले जिल्लामा मतदाताले प्रयाेग गर्ने मतपत्र पठाएको हो ।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार ४ लाख ४३ हजार मतपत्र जिल्लामा आएकाे छ । दाङमा हाल ४ लाख ९ हजार ९ सय २ मतदाता रहेका छन् ।
यस्तै र, २०७४ पछि थपिएका मतदाताहरुकाे मतदाता परिचय पत्र पनि मतपत्रसँगै निर्वाचनले पठाएको निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले बताउनुभयाे ।
निर्वाचन मिति नजिकिदै जाँदा उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा व्यस्त भएका छन् भने निर्वाचन आयाेग निर्वाचन लक्षित तयारीमा जुटेको छ ।दाङमा १२ वटा दलबाट उम्मेदवारहरु र २४ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।