
Ssbus
Ssbus
Ssbus
Sssbus1
nsm
Gsl
Pbu
ssbus
tssbus
Bs1
Sssbus1

Ssm
Ksm
Rgu
Gst
nsb
Tsm
Rsb
Asm
Vor
Sls
Ggd
Rgs
Wsp
Hal
Rgu
Sbs
Bbbpu
Pvg
Bbu

bbt
Ptm
Rpp
Rmb
Jmb
Gsb
Bml
sab
Abd
Pls
Syp
Jmb
Mks
दाङ । लुम्विनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा वडास्तरसम्मै प्रतिगमनकारीहरुलाई परास्त गर्नुपर्ने बताउनुभएको छ ।
संयुक्त निर्वाचन परिचालन समिति घोराही–९ ले आईतबार ढिकपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले केन्द्र र प्रदेश सरकारबाट प्रतिगमनकारीहरुलाई फ्याँकिए पनि स्थानीय सरकारको नेतृत्वबाट अझै फ्याँक्न बाँकी रहेकाले आगामी निर्वाचनबाट प्रतिगमन कारीहरुलाई वडा स्तरबाटै परास्त गर्नुपर्ने बताउनु भयो ।
मुख्यमन्त्री केसीले केन्द्र र प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र सहितको पाँच दलिय गठबन्धनको सरकार निर्माण भएको बताउदै अब स्थानीय तहमा पनि जनताको जनमतका आधारमा गठबन्धनकै साझा सरकार र नेतृत्व निर्माण हुने ठोकुवा गर्नुभयो । उहाँले नेपालको सबैभन्दा ठूलो उपहानगरपालिकाका रुपमा रहेको घोराही उपहानगरपालिकामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका अत्यन्तै इमान्दार नेता हेमराज शर्मा पोख्रेल र उप मेयरमा नेपाली काँग्रेसका स्थापित नेता भुपबहादुर डाँगी सहित वडास्तर सम्मका साझा उम्मेद्वार बिजयी बनाउन आग्रह गर्नुभयो । जुन बिजय नै प्रतिगमनकारीहरु पराजय रहेकाले जनताको अभिमतको कदर नगर्ने प्रतिगमनकारीहरु अब वडासम्म परास्त गर्न आम सर्वसाधारणहरु अपिल गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका लुम्विनी प्रदेशमा उपसभापति तथा संविधानसभा सदस्य राजु खनालले गठबन्धन मुलुकले प्राप्त गरेको उपलब्धीको रक्षाका लागि निस्वार्थ रुपमा गठबन्धन गरिएकाले भ्रमको पछि नलाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘प्रतिगमनकारीहरु भ्रम छर्दै गाउँ पसेका छन् । हामी बिरुद्धका झुठा कुरा गरिरहेका छन् । त्यसको कुनै अर्थ छैन ।’ खनालले नेपाली काँग्रेस स्पष्ट्र बैचारिक दृष्ट्रिकोा भएको लोकतान्त्रिक पार्टी रहेकाले लोकतन्त्र जोगाउन गठबन्धनका माध्यमबाट अघि सरेको धारणा राख्नुभयो । शासक होईन जनताका सेवक बन्छौं,उम्मेद्वार चुनावी प्रचारप्रसारको दौडधुपमा रहेका गठबन्धन मेयर र उपमेयरका उम्मेद्वार द्वय हेमराज शर्मा पोख्रेल र भुपबहादुर डाँगीले आईतवार भएका वडा स्तर चुनावीसभामा जनप्रतिनिधिका बिजयी भए जनतो सेवक बन्ने प्रतिबद्धता जनाएका छन् ।
अहिलेको उपहानगरपालिकाको नेतृत्वले धेरै आर्थिक अनियमितता गरेका समाचार प्रकाशन तथा प्रशारण भइरहेको बताउदै आफूहरुले जितेमा सुशासन कायम गर्दै भष्ट्राचारमा शुन्य शहनसिलताको नीति अपनाउने र जनताको काम छिटो छरितो रुपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
गठबन्धनका मेयर पदका उम्मेद्वार हेमराज शर्माले भन्नुभयो–‘ उपमहानगरपालिकामा लाखौ रुपैयाँ बिग्रेका गाडीले इन्धन खायोे । खरिद नियम विपरित जग्गा खरिद गरियो । यस्ता उदाहरणहरु थुप्रै छन् । ’कार्यक्रममा उपमेयर पदका उम्मेद्वार भुपबहादुर डाँगीले उपमहानगरपालिकाले पाँचवर्षको कार्यकालमा काम होईन कुरा गरेर जनतामा भ्रम फिजाउदै आइरहेको बताउनुभयो । संघीय योजना उपमहानगरपालिकाको भन्दै जनतालाइ झुक्याउदै अनियमितताको गर्दै आइरहे पनि अनियमितताका छोप्न जनतामा चोखिन्न भम्रको खेती गरिरहेको उहाँको भनाई थियो ।
आईतवार घोराही उपहानगरपालिका वडा नं. ५ को दलजीतपुर वडा नं. ६, वडा नं. ८ मर्पाडााँडा, ९ गाविस भवन ढिकपुर, वडा नं. ११ शिवपुर र वडा नं. १२ टिकरीमा चुनावीसभा सम्पन्न भएको थियो । कार्यक्रममा पुर्वमन्त्री रेखा शर्मा, राष्ट्रियसभा प्रमुख सचेतक अनिता देवकोटा नेकपामा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य, नेपाली काँग्रेसका पुर्वसभापति बिर्केश्वरी गौतम , जिल्ला सचिव बालिका लम्साल लगायतकाले चुनावीसभालाई सम्बोधन गर्नुभएको थियो ।
